देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा गयो, सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सरकारमा भए पनि सत्ताको साँचो वामपन्थीहरूसँग रहेको भन्दै अब पार्टीले सत्ताको नेतृत्व आफ्नो हातमा लिनुपर्ने बेला आएको बताएका छन् । देश कठिन परिस्थितिबाट गुज्रिरहेको र मध्यममार्गी शक्ति कमजोर हुँदा अराजकता निम्तिने खतरा औँल्याउँदै उनले कांग्रेसले नै देशलाई जोगाउन सक्ने दाबी...
राष्ट्रिय परीक्षा बोर्ड बुटवलद्वारा कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण सम्पन्न
बुटवल । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश, बुटवल रुपन्देहीको आयोजनामा कक्षा १२ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुटवलको कालिका मानवज्ञान माविमा सम्पन्न भएको छ । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीका अनुसार उत्तरपुस्तिका परीक्षणमा शुद्धता, एकरुपता र विश्वसनियता कायम गर्दै त्रुटिरहित...
बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने
बुटवल – बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालनमा आएको छ । काठमाडौँ महाराजगन्ज, नारायण गोपाल चोकमा रहेको मेट्रो काठमाडौँ अस्पताल र बुटवलमा रहेको प्याराडाइज हेल्थ केयरको सहकार्यमा डायबिटिज, थाइराइड एन्ड इन्डोक्राइन सेन्टर सञ्चालन गरिने भएको हो । सेन्टरको जेठ २४ गते औपचारिक शुभारम्भ हुनेछ । शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी...
लुम्बिनी मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाइने
दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो ।...
लायन्स तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन
बुटवल । तिलोत्तमा नगरपालिकाको सहकार्यमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकको पश्चिमतर्फ निर्माण गरिएको यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको हो । प्रतिक्षालयको आइतबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख खाणले...
सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमतिको मस्यौदा तयार
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो । गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात...
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा,...
चर्को विरोधपछि राजावादीको उपत्यका बन्द फिर्ता
काठमाडौं । संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि तय गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा आइतबारको प्रदर्शनका क्रममा गिरफ्तार गरिएका नेताहरू रिहा भइसकेकाले बन्द कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत राप्रपा उपत्यका बन्दको पक्षमा...
देशभर सार्वजनिक यातायात बन्द, सर्वसाधारणलाई सास्ती
काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो । निजी प्रयोजनका लागि...