दलित समुदाय : सङ्घर्ष, सीप र सम्मानको खोजी
TNV News Update

दलित समुदाय : सङ्घर्ष, सीप र सम्मानको खोजी

निरञ्जनकुमार साह धनुषा, १८ जेठ । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर, परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेद्का कारण धनुषाका धेरै दलित समुदाय अझै विकासको मूलधारबाट पछाडि रहेका छन् । धनुषामा मुख्य रूपमा डोम,...
गोताखोरको दैनिक भत्ता दुईसय मात्र !
TNV News Update

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन, १८ जेठ । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक २०० रूपैयाँ मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी बल (एपिएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक २०० रूपैयाँ मात्र रहेको छ । यसै सन्दर्भमा पानी तथा...
शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए
TNV News Update

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

डडेल्धुरा, १८ जेठ । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको...
चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
TNV News Update

चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन

प्रदीपराज वन्त कास्की, १८ जेठ । डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा । पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको...
बढ्दो व्यस्तता र टाढिँदो सम्बन्ध– बुवाआमासँगको समय किन अमूल्य छ ?
TNV News Update

बढ्दो व्यस्तता र टाढिँदो सम्बन्ध– बुवाआमासँगको समय किन अमूल्य छ ?

सन्तेषी रावल काठमाडौँ, १८ जेठ । आज विश्व बुवाआमा दिवस । संसारमा धेरै सम्बन्ध हुन्छन्, धेरै नाता जोडिन्छन्, तर बुवाआमाको माया जस्तो निस्वार्थ, निष्कलङ्क र पवित्र सम्बन्ध अर्को कुनै हुँदैन । हामी जन्मिनुअघि नै हाम्रो भविष्यको सपना देख्ने, आफूले दुःख सहेर पनि हाम्रो अनुहारमा मुस्कान ल्याउने व्यक्ति भनेकै बुवाआमा हुन्...
सिर्जना घट्यो होला तर साङ्गीतिक स्टेज छाडेको छैन : रोशन गुरुङ
TNV News Update

सिर्जना घट्यो होला तर साङ्गीतिक स्टेज छाडेको छैन : रोशन गुरुङ

काठमाडौँ, १८ जेठ । ‘पैसै ठुलो छ’ ‘रेशमैको पछ्यौरी’, मलाई छाडी नजाउ’, ‘इलामले सम्झायो माया’ ‘सानु तिम्रो सम्झनामा’ ‘कान्छीलाई मोहनी जालमा पारेर’ जस्ता चर्चित गीतमा स्वर दिएर सङ्गीतप्रेमीहरुमाझ प्रिय बनेका गायक रोशन गुरुङ हालैको दिन काठमाडौँको जोरपाटीमा भेटिनुभयो । तीन सयबढी गीतमा स्वर दिनुभएका रोशन करिब डेढ दशकअघि अमेरिका जानुभएको...
जोर्तीघाटमा झोलुङ्गे पुल निर्माण : तीन जिल्लाका स्थानीयलाई सहज
TNV News Update

जोर्तीघाटमा झोलुङ्गे पुल निर्माण : तीन जिल्लाका स्थानीयलाई सहज

खोटाङ, १७ जेठ । दुधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी दुधकोशी र सुनकोशीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको हो । जोर्तीघाटमा...
यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी
TNV News Update

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर, १७ जेठ । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले सेवा सुरू गर्दा यातायात खर्चवाफत ७५ रूपैयाँ पाउनुहुन्थ्यो । विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो । उहाँ हालै सरकारले...
कटारीमा खानेपानीको समस्या : दमकलबाट वितरण गर्दै नगरपालिका
TNV News Update

कटारीमा खानेपानीको समस्या : दमकलबाट वितरण गर्दै नगरपालिका

उदयपुर, १७ जेठ । उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ । कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक सातादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो । कटारी नगरपालिका–३, ४ र ५ मा पानीको समस्या देखिएको हो । यसैबिच, गर्मीमा खानेपानी अभाव भएपछि कटारी नगरपालिकाले...