सत्तरी वर्षमा नागरिकता !
म्याग्दी, २० जेठ । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । नेपाली नागरिकताको अभावमा शारीरिक रुपमा अपाङ्गता भएकी एकल महिला खत्री राज्यको सेवासुविधाबाट वञ्चित हुनुभएको थियो...
खानेपानी पूर्ण रुपले निःशुल्क हुनुपर्छ, एउटै मोडेलबाट काम गर्नुपर्छ : खेमराज वली
काठमाडौँ, १९ जेठ । दुई तिहाइ नजिकको सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सकारात्मक र नकारात्मक टिप्पणी भइरहेका छन् । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले भने बजेटले सम्बोधन गरेका विषयहरुप्रति मिश्रित प्रतिक्रिया दिएको छ । महासङ्घका अध्यक्ष खेमराज वलीले खानेपानी सेवा जनताको मौलिक हकसँग...
पाल्पामा सडक खाना महोत्सव : स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक
पाल्पा, १९ जेठ । मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका मगर समुदायका महिलाहरु डालामा स्थानीय परिकारका बटुक, चकाउनी, बारा, सेलरोटी र अचार बिक्रीमा व्यस्त छन् । तानसेन नगरपालिका–६, बर्तुङमा आयोजना गरिएको सडक खाना महोत्सवमा उनीहरुले तयार पारेका पाकवानको स्वाद लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो देखिन्छ ।...
मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक
काठमाडौँ, १९ जेठ । सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । बोर्डका अनुसार गत वर्षको मे...
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता
काठमाडौँ, १९ जेठ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबिच भेटवार्ता भएको छ । उहाँहरूबिच भएको छलफल भारत–नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा केन्द्रित रहेको र यी सम्बन्धहरूले विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । नयाँ दिल्लीमा...
करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु
रौतहट, १९ जेठ । रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ । धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको आज करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ, १९ जेठ । प्रतिनिधिसभा बैठकमा आज (मंगलबार)पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीले बिना तथ्य अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने अडानसमेत राखेका छन् ।...
कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रियसभा बैठक
काठमाडौँ, १९ जेठ । राष्ट्रियसभाको बैठक भोलि बुधबार १२ः१५ मा बस्नेगरी स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ । आजको बैठक सुरु हुनेबित्तिकै सांसदले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कारबाही अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो । सभाध्यक्ष नारायणप्रसाद...
विषादीरहित तरकारी उत्पादन गर्दै किसान
दुर्गा देवकोटा टीकापुर, १९ जेठ । कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका १४ किसानको बारीका तरकारीको नमुना सङ्कलन गरी ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खानयोग्य...