सङ्कल्प र लगनले चुम्दै सफलता
TNV News Update

सङ्कल्प र लगनले चुम्दै सफलता

गोपालप्रसाद बराल महोत्तरी, १९ जेठ । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका महोत्तरीका किसान अहिले प्रेरक व्यक्तिको उदाहरणका रूपमा उभ्याइने गरिन्छ । ‘गरे के हुँदैन ?’ भन्ने आहान महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यदेव महतोले सङ्कल्प र लगनले चरितार्थ गरेको छ । झन्डै १६/१७ वर्षअघि तरकारीखेतीमा जोडिनुभएका महतोलाई अहिले...
वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ
TNV News Update

वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

पर्सा, १९ जेठ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उहाँलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको...
पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते
TNV News Update

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

पर्वत, १९ जेठ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप...
नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल
TNV News Update

नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल

काठमाडौँ, १८ जेठ । नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदमा धनकुटाकी करूणा कटुवाललाई नियुक्त गरिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगन कुमार थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो । सोमबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी...
महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष
TNV News Update

महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष

बाँके, १८ जेठ । कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेल हाले ‘ठेकी स्वादको मही’लाई व्यावसायिक रूपमा ‘ब्रान्डिङ’ गरी स्थानीय बजारमा बिक्री गर्दै आएका छन् । परम्परागत स्वाद हराउँदै गएको समयमा कोहलपुरका पौडेलले पुरानै शैलीलाई आधुनिक बजारसँग जोड्ने प्रयास गरिरहनुभएको छ । उहाँको यो प्रयासले स्थानीय उत्पादनलाई मात्र होइन, नेपाली मौलिक खानपान...
वैदेशिक रोजगारीका नाममा करोडबढी ठगेको अभियोगमा पाँच जना पक्राउ
TNV News Update

वैदेशिक रोजगारीका नाममा करोडबढी ठगेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौँ, १८ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठुलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुुसरा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौँ...
विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्त्वपूर्ण : प्रधानसेनापति सिग्देल
TNV News Update

विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्त्वपूर्ण : प्रधानसेनापति सिग्देल

काठमाडौँ, १८ जेठ । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा आधारित भई राष्ट्रसङ्घीय शान्ति मिसनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उहाँले...
फुसको छानोबाट सुरक्षित आवाससम्म
TNV News Update

फुसको छानोबाट सुरक्षित आवाससम्म

राजु विश्वकर्मा बागमती, १८ जेठ । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्ने र आगलागीको जोखिमले परिवार सधैँ त्रसित रहन्थ्यो । बर्सातका समयमा घरभित्र पानी पसेपछि सुत्ने ठाउँ सुरक्षित हुँदैनथ्यो । परिवारका सदस्यलाई भिज्नबाट...
हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार
TNV News Update

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर, १८ जेठ । भोजपुरको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो । वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो । यससँगै लुङ्गिनका अधिकांश बस्तीमा...