यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर, १७ जेठ । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले सेवा सुरू गर्दा यातायात खर्चवाफत ७५ रूपैयाँ पाउनुहुन्थ्यो । विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो । उहाँ हालै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेकामा खुसी हुनुहुन्छ । विष्टले हाल बैठकवापत ४०० रूपैयाँका दरले पाउने गरेकामा त्यसमा ५० प्रतिशत वृद्धि हुने व्यवस्थाले खुसी थपिएको बताउनुभयो । “हिजोका दिनमा पनि हामी पैसा हेरेर यो सेवामा आएका होइनौँ । हाम्रो मूलध्येय सेवा गर्ने हो, यस निर्णयले हामीलाई हौसला थपिएको छ”, उहाँले भन्नुभयो । अर्का महिला स्वास्थ्य स्वयंसेविका सरस्वतीदेवी कार्कीले पनि यातायात खर्चवाफतको रकम वृद्धिले काम गर्न थप हौसला मिलेको बताउनुभयो । “साइकल नहुँदा अटो चढेर भए पनि बोलाएको ठाउँमा पुग्दा खर्च बढी लाग्छ । पारिश्रमिक रकम धेरै नभए पनि समाजमा महिला स्वास्थ्य स्वयंसेविकाप्रतिको सम्मान छुट्टै छ, त्यसमा यो...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर, १७ जेठ । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले सेवा सुरू गर्दा यातायात खर्चवाफत ७५ रूपैयाँ पाउनुहुन्थ्यो ।

विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो । उहाँ हालै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेकामा खुसी हुनुहुन्छ ।

विष्टले हाल बैठकवापत ४०० रूपैयाँका दरले पाउने गरेकामा त्यसमा ५० प्रतिशत वृद्धि हुने व्यवस्थाले खुसी थपिएको बताउनुभयो । “हिजोका दिनमा पनि हामी पैसा हेरेर यो सेवामा आएका होइनौँ । हाम्रो मूलध्येय सेवा गर्ने हो, यस निर्णयले हामीलाई हौसला थपिएको छ”, उहाँले भन्नुभयो ।

अर्का महिला स्वास्थ्य स्वयंसेविका सरस्वतीदेवी कार्कीले पनि यातायात खर्चवाफतको रकम वृद्धिले काम गर्न थप हौसला मिलेको बताउनुभयो । “साइकल नहुँदा अटो चढेर भए पनि बोलाएको ठाउँमा पुग्दा खर्च बढी लाग्छ । पारिश्रमिक रकम धेरै नभए पनि समाजमा महिला स्वास्थ्य स्वयंसेविकाप्रतिको सम्मान छुट्टै छ, त्यसमा यो निर्णयले थप योगदान पुग्नेछ”, उहाँले भन्नुभयो ।

यहाँ स्वाथ्य स्वेयंसेविकाले राज्यबाट वार्षिक रूपमा पोसाक भत्तावापत १० हजार रूपैयाँ, सुदूरपश्चिम प्रदेश सरकारबाट प्रोत्साहन स्वरुप १२ हजार रूपैयाँ र बेदकोट नगरपालिकाबाट १५ हजार रूपैयाँ पाउने गरेका छन् ।

“सरकारले यातायात खर्च त बढायो, गाउँकै सेवामा जीवन बिताएका हामी जस्ता देशभरका हजारौँ स्वयंसेविकाका लागि थोरै भए पनि तलव भत्ता बढाइ दिए हुन्थ्यो । त्यसले हालको महँगीको अवस्थामा केही राहत मिल्थ्यो”, कार्कीले भन्नुभयो,“ बिरामी, सुत्केरी र सामान्य स्वास्थ्य समस्या हुँदा गाउँमा हामीलाई सम्झिने र सल्लाह लिने काम अझै धेरै गर्छन्, तर सेवा सुविधा सोअनुसार छैन ।”

सात जना स्वास्थ्य स्वयंसेविका भएको बेदकोट नगरपालिका–८ मा स्वास्थ्य एकाइदेखि वडामा हुने विभिन्न काममा उहाँहरू खटिरहनुभएको छ । स्वास्थ्य स्वयंसेविका सरिता विष्ट आफूले २०६० सालदेखि सेवा गर्दै आएको जानकारी दिँदै अझै पनि धेरैजसो नागरिक प्राथमिक स्वास्थ्य उपचारदेखि विभिन्न जनचेतनामूलक कार्यक्रममा आफूहरूको भूमिका कायमै रहेको सुनाउनुभयो ।

“वडामा आधारभूत स्वास्थ्य एकाइहरु सञ्चालनमा आएपछि स्वास्थ्य स्वयंसेविकाको काम केही घटे पनि प्राथमिक उपचार र जनचेतनाका काममा अझै पनि नागरिक विश्वास रहेको छ,” उहाँले भन्नुभयो, “अझै पनि गाउँमा जीवनजल, जिंक, कण्डमलगायत स्वास्थ्य सामग्रीका लागि स्थानीयहरू आउने गरेका छन् ।”

अन्य स्वास्थ्य स्वयंसेविकाले ६० वर्ष उमेर पार गरेपछि स्वास्थ्य अवकाशमा जाँदा राज्यबाट उचित प्याकेजसहितको सम्मान सुविधा हुनुपर्ने बताएका छन् । “हामी चिकित्सक त होइनौँ, तर अझै पनि गाउँलेहरू ठुलो आशा गरेर हामी कहाँ आउँछन् । हामीले आफ्नो जीवन नै नागरिक सेवामा समर्पित गर्छौँ तर भविष्यको सुरक्षा छैन । यस विषयमा पनि सरकारले सोच्नुपर्छ”, उहाँहरूको भनाइ छ । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *