वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
TNV News Update

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ, १३ वैशाख । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाल्नुभयो । अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ ।...
मच्छिन्द्रलाई इलाम गोल्डकपको उपाधि
TNV News Update

मच्छिन्द्रलाई इलाम गोल्डकपको उपाधि

इलाम, १३ वैशाख ।  डिफेन्डिङ च्याम्पियन एनआरटीलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब काठमाडौँले इलाम गोल्डकपको तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा एनआरटीलाई २–० गोलअन्तरले हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको हो । योसँगै एनआरटीको उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा ब्रेक लागेको छ । राष्ट्रिय तथा विभिन्न उमेर समूहका...
सिभिल अस्पताल : उपचार कि प्रयोगशाला ?
TNV News Update

सिभिल अस्पताल : उपचार कि प्रयोगशाला ?

प्रमिला कार्की काठमाडौँ, १२ वैशाख । गत वैशाख १० गते कार्यालयमा नियमित काम गरिरहेकै बेला म एक्कासी बेहोस् भएँ । के कारणले यस्तो भयो, त्यो क्षण मलाई केही सम्झना छैन । धेरै समयसम्म होस नआएपछि अफिसका साथीहरूले मलाई नजिकै रहेको बानेश्वरस्थित सिभिल हस्पिटलमा पुर्‍याएछन् । अस्पतालको इमर्जेन्सी कक्षमा मेरो उपचार...
वैशाखभर विशेष खोप अभियान : छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा निःशुल्क सेवा
TNV News Update

वैशाखभर विशेष खोप अभियान : छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा निःशुल्क सेवा

प्रमिला कार्की काठमाडौँ, १२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नेपालमा सञ्चालित बालबालिकाको खोप कार्यक्रम विश्वकै प्रशंसित जनस्वास्थ्य कार्यक्रममध्ये एक भएको बताउनुभएको छ । विश्व खोप सप्ताह अभियान सुरू भएको सन्दर्भमा नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले नेपालमा ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा रहेको जानकारी दिनुभयो ।...
घरदैलोमै सामाजिक सुरक्षा भत्ता : बैङ्क धाउनुपर्ने बाध्यता हट्यो
TNV News Update

घरदैलोमै सामाजिक सुरक्षा भत्ता : बैङ्क धाउनुपर्ने बाध्यता हट्यो

ललितपुर, १२ वैशाख । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरू गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण...
युएईविरुद्ध नेपालको जित
TNV News Update

युएईविरुद्ध नेपालको जित

काठमाडौँ, १२ वैशाख । आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव...
भूकम्पको एक दशक : भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
TNV News Update

भूकम्पको एक दशक : भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा

प्रगति ढकाल काठमाडौँ, १२ वैशाख । बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई । हरेक वर्ष आउने वैशाख १२ नेपाली समाज एकैपटक अतीतमा फर्किन्छ । विसं २०७२ को भूकम्पको सम्झनाले एक पटक झस्काउँछ । भूकम्प भएको एक दशक बिते पनि घाउ निको भएको छैन । राजधानीका गल्ली–गल्लीमा, पहाडी गाउँका...
सङ्घीय संसद्‌को मर्यादाविपरीत रास्वपा सांसदहरू: शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’सम्मको चेतावनी
TNV News Update

सङ्घीय संसद्‌को मर्यादाविपरीत रास्वपा सांसदहरू: शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’सम्मको चेतावनी

आकाङ्क्षा धामी काठमाडौँ, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ । तर, पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन् । रास्वपाका दुई सांसद अलग–अलग घटनामा विवादमा तानिएका छन् । एकातर्फ विद्यालय भ्रमणका क्रममा...
थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो
TNV News Update

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ, १२ वैशाख । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका...