युएईविरुद्ध नेपालको जित

काठमाडौँ, १२ वैशाख । आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो । युएईका लागि हरप्रीत सिंहले ३९ रन जोडे भने कप्तान मोहम्मद वसीमले ३४ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह एरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् । नेपालको सुरुवात कमजोर रहँदा आसिफ शेख सात रनमै आउट...

युएईविरुद्ध नेपालको जित

काठमाडौँ, १२ वैशाख । आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो ।

युएईका लागि हरप्रीत सिंहले ३९ रन जोडे भने कप्तान मोहम्मद वसीमले ३४ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह एरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।

नेपालको सुरुवात कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन तथा करण केसीले २२ रनको योगदान दिए । अन्य खेलाडीमा भीम सार्कीले १० तथा आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन बनाए ।

बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन/तीन विकेट लिए । अब यही वैशाख १४ गते नेपालले ओमानसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *