स्वस्थ र सुरक्षित जीवनयापनमा आशावादी छन् होल्डिङ सेन्टरमा सुकुमवासी
रूपेश आचार्य कीर्तिपुर, २२ जेठ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई लागेको छ, अब जीवन नयाँ तरिकाले अघि बढ्छ । सधैँ यस्तै त नहोला नि !” वर्षायाम सुरू भएसँगै आफू बसेको थापाथलीको बागमती किनारमा हुने बाढीको त्रासदी उहाँलाई अहिले पनि याद आउँछ ।...
वातावरण संरक्षण र आर्थिक समृद्धि एकअर्काका परिपूरक हुन् : मन्त्री चौधरी
काठमाडौँ, २२ जेठ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल सरकारले आर्थिक समृद्धि र वातावरण संरक्षणलाई एकअर्काको प्रतिस्पर्धी नभइ परिपूरकका रूपमा हेरेको बताउनुभएको छ । शुक्रबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जलवायु परिवर्तन न्यूनीकरणलाई सरकारले राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गका रूपमा अघि बढाइरहेको बताउनुभयो ।...
महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण
काठमाडौँ, २२ वैशाख । नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, चुनौती, साहस र सफलताका विविध आयाम समेटिएको राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलद्वारा लिखित ‘नारी रेखा’ पुस्तक लोकार्पण गरिएको छ । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेललगायतले लोकार्पण गर्नुभएको उक्त पुस्तकमा नारीको सङ्घर्ष र जीवनको यथार्थ चित्रण छ...
रमा तिवारी हत्या प्रकरण : झापा प्रहरीले सार्वजनिक गर्यो मुख्य आरोपित
तेजन खड्का झापा, २२ जेठ । झापा प्रहरीले दमक–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणका मुख्य आरोपितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी भारतको अररिया घर भइ दमकमा बस्दै आएका ३४ वर्षीय रमेश कुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो ।...
भारत भ्रमण पारदर्शी र विकास केन्द्रित रह्यो : सभापति लामिछाने
काठमाडौँ, २२ जेठ । पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किनुभएको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले अधिकांश उच्चस्तरीय...
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
काठमाडौँ, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा.एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएको छ । यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ आज नयाँ दिल्ली पुग्नुभएको हो । उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा...
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छ : नेता आङदेम्बे
काठमाडौँ, २२ जेठ । नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको छ, भन्नुभयो । स्वच्छ, हराभरा र दिगो...
बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिएन : राजेन्द्र दाहाल
पार्वती भण्डारी काठमाडौँ, २२ जेठ । वरिष्ठ पत्रकार एवम् अध्येता राजेन्द्र दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिन नसकेको बताउनुभएको छ । उहाँले बालबालिका र युवाहरुको शिक्षालाई उच्च प्राथमिकतामा नराखेको र त्यसै अनुसारको कार्यक्रम नआएको साथै साधन–स्रोतको उचित वितरण नभएको भन्दै...
सन्दर्भ विश्व वातावरण दिवस : ‘जोगाए पो प्रकृति जोगिएला भविष्य’
प्रगति ढकाल ए मान्छे हो, रोक आफैँलाई डढाउन खोज्ने हातहरु, पछि फर्काउ विष कुण्डतिर बढेका तिम्रा ती खुट्टाहरुः रुखलाई संरक्षण गर्न प्रयोग गर, भविष्यमाथि बन्चरो नहान, बुझ र फर्क हरित नेपालतर्फ । कवि निर्मलमणि अधिकारीको ‘बुझ र फर्क’ शीर्षकको कविताबाट ल्याइएको यी हरफहरुले हरियाली, जीवन र भविष्यप्रतिको चिन्तालाई उजागर गरेको...