नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान हुन्छ : माधव नेपाल
काठमाडौँ, ५ माघ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताउनुभएको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रत्येक जातजाति तथा धर्मावलम्बीका आ–आफ्नै मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण गर्नुपर्ने बताउनुभयो ।...
जेन्जी आन्दोलनका सहिद : अधुरो सपना छोडेर सधैँका लागि बिदा भए विनोद
माधवप्रसाद घिमिरे ललितपुर, ५ माघ । “भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नैपर्छ, अहिले नलडे कहिले लड्ने ?” जेनजी आन्दोलनमा होमिनुअघि ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका ३४ वर्षीय विनोद महर्जनले साथीभाइसँग भन्नुभएका शब्द हुन् यी । “म मारिएछु भने पनि गणतन्त्रको दियो निभ्न नदिनु,” भनेर अघि बढेका विनोद भदौ २३ गते नयाँवानेश्वरस्थित संसद्...
मन्त्री गुप्ताद्वारा राजीनामा
काठमाडौँ, ५ माघ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो । “उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,” रासससँग...
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमुना भरतपुर अस्पताल
चितवन, ५ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बिमा बन्द गर्ने निर्णय गर्यो । यसको प्रमुख कारण स्वास्थ्य बिमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो । त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यहाँको सरकारी भरतपुर अस्पतालको भुक्तानी पाउनुपर्ने रकम त्रिविको भन्दा...
परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम
भोजपुर, ५ माघ । परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्ख्यौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो । यही माघ ४ गतेबाट सुरू भएको...
समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल
काठमाडौँ, ५ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उहाँले सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “तामाङ समुदायको महान...
नगर प्रमुख साम्पाङले दिए राजीनामा
धरान, ५ माघ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतबारदेखि लागु हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष राजीनामा पेस गर्नुभएको हो । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहनुभएका उपमहानगर प्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने...
उपप्रमुख डङ्गोल कार्यवाहक प्रमुख
काठमाडौँ, ५ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिएसँगै उपप्रमुख सुनिता डङ्गोल कार्यवाहक प्रमुख बन्नुभएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिको प्रचलित कानुनी व्यवस्थाबमोजिम महानगर प्रमुख शाहले राजीनामा दिएसँगै उहाँ कार्यवाहक प्रमुख बन्नुभएको हो । प्रमुख शाहले आइतबार उपप्रमुख डङ्गोलसमक्ष पेस गर्नुभएको...
महानगर प्रमुख शाहद्वारा पदत्याग
काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उहाँले आजैदेखि लागु हुने गरी राजीनामा पेस गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ । स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्यागपत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास...