निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ : मन्त्री खरेल
काठमाडौँ, ४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समितिलगतयका सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । राससमा अस्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आज सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयतपत्र वितरण गर्दै सञ्चामन्त्री खरेलले जिम्मेवार, जवाफदेही व्यावसायिक सञ्चार माध्यमका रुपमा...
धरान बस दुर्घटना : मृतकको पहिचान खुल्यो [अपडेट]
धरान, ४ माघ । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने बालक ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र–३ का ओमेश राई, झापाको...
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते
धरान, ४ माघ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला...
मेलम्चीलाई सरोज स्मृति कप भलिबलको उपाधि
चौतारा, ४ माघ । प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि जितेको हो । मेलम्चीले उपाधिसँगै नगद एक लाख रूपैयाँ, ट्रफी र प्रमाणपत्र तथा उपविजेता जुगल...
चौथो मःम महोत्सव सुरू
बाँके, ४ माघ । विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरू गरिएको छ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजले सुरू गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगञ्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ बिजनेश...
एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार
झापा, ४ माघ । नेकपा (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुनु भएको छ । यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । शनिबार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन...
निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौँ : पूर्णबहादुर खड्का
काठमाडौँ, ४ माघ । नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगको निर्णय संविधान, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐन तथा नेपाली कांग्रेसको विधानविपरीत भएको दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले आज रिट दर्ता गराएका हुन् । उनीहरूले आयोगको निर्णयका...
विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न
काठमाडौँ, ४ माघ । काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यका साथ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजना गरिएको ‘ट्राफिक सप्ताह’ विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित सात दिनसम्म सञ्चालन गरिएको उक्त विशेष...
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग
काठमाडौँ, ४ माघ । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताउनुभयो । नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१...