जिम्मेवार सरकार चाहिएको हो, आश्वासन होइन
TNV News Update

जिम्मेवार सरकार चाहिएको हो, आश्वासन होइन

सन्तोषी रावल यतिबेला नेपालमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका कारण सबैजसो राजनीतिक दलहरू उथलपुथलको अवस्थामा पुगेका छन् । यही परिस्थितिमा दलहरू पार्टी एकता, आन्तरिक शक्ति सन्तुलन र महाधिवेशनतर्फ केन्द्रित भएका छन् । फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सरकार आफ्नो हातमा पार्ने होडबाजी तीव्र बन्दै गएको छ । एकातिर जनता...
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन : कार्यवाहक सभापति खड्का
TNV News Update

केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन : कार्यवाहक सभापति खड्का

ललितपुर, २ माघ । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई निर्वाचन आयोगले वैधता नदिने विश्वास व्यक्त गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले पार्टीको अनुशासनभन्दा बाहिर गइ भएको विशेष भेलाको निर्णय निर्वाचन आयोगमा पेस गरिएको भन्ने जानकारी...
सरकारले पाँच महिनादेखि सहिद परिवारलाई यताउता कुदाइरहेको छ : गणेश चौलागाईं
TNV News Update

सरकारले पाँच महिनादेखि सहिद परिवारलाई यताउता कुदाइरहेको छ : गणेश चौलागाईं

काठमाडौँ, २ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारका सदस्यहरुले धर्ना दिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले धर्ना दिएका हुन् । धर्नामा सहभागी १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले पाँच महिनादेखि सहिद परिवारलाई दुःख दिँदै...
विगतका निर्णय र नजिरका आधारमा काङ्ग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह
TNV News Update

विगतका निर्णय र नजिरका आधारमा काङ्ग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह

काठमाडौँ, २ माघ । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गर्नुभएको छ । काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आज आयोगमा पुगेका उहाँले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गर्नुभएको हो...
सुशासनको सुरुवात आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम
TNV News Update

सुशासनको सुरुवात आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौँ, २ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा.कुमार इङ्नामले सुशासनको सुरुवात अब हरेक निकाय र व्यक्ति आफैँबाट हुनुपर्ने बताउनुभएको छ । आज कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयबाट जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयका सेवा–सुविधा प्रदान गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उहाँले भ्रष्टाचार, विचौलिया र दलालीलाई निस्तेज नगरी सुशासन सम्भव नहुने स्पष्ट...
१२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन् ऊर्जाशील भएर निस्केको छ : अध्यक्ष घिसिङ
TNV News Update

१२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन् ऊर्जाशील भएर निस्केको छ : अध्यक्ष घिसिङ

काठमाडौँ, २ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठुलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताउनुभएको छ । शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकतालाई लक्षित गर्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन्...
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र
TNV News Update

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

मिला दरै तनहुँ, २ माघ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ । हिउँद याममा यहाँ उल्लेख्य मात्रामा चट्टान आरोहण गर्न आउने गरेका छन् । हिमाल आरोहणमा जानुभन्दा अघि आरोहीले चुनपहरा चट्टान आरोहण गर्ने गरेका छन् । त्यसैले पछिल्लो समय चुनपहरा चट्टान...
मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरू
TNV News Update

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरू

पर्वत, २ माघ । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरू भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरू भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको...
झापा र नवलपरासीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
TNV News Update

झापा र नवलपरासीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी, २ माघ । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ । झापा जिल्ला प्रहरी कार्यालयका...