सोचेजस्तो खेल्न सकेनौँ, अब सुधार्छौँ : सन्दीप लामिछाने
काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्सले हार व्यहोर्नु परेको थियो । यो विराटनगरको लगातार दोस्रो हार थियो । खेल पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिस गर्ने बताउनुभयो । उहाँले जे जस्तो...
नेपालमै विद्युत् खपत बढाउन ध्यान दिनुपर्छ : राज्यमन्त्री तामाङ
काठमाडौँ, १८ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमा उत्पादित विद्युत् स्वदेशमै खपत बढाउन विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौँको कलापरिषद् फोटो पत्रकार क्लबद्वारा आयोजित ‘पावरिङ नेपालः ऊर्जा क्षेत्रमा एसियाली विकास बैंकको पाँच दशक’ विषयक फोटो प्रदर्शनीको उद्घाटन गर्दै राज्यमन्त्री तामाङले यस्तो धारणा राख्नुभएको हो...
अपाङ्गताको अधिकारलाई व्यवहारमा उतार्न आग्रह
काठमाडौँ, १८ मंसिर । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले अपाङ्गता भएका नागरिकले संविधानले प्रदान गरेको हक र अधिकार पूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौँमा राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आयोजित कायक्रममा बोल्दै अध्यक्ष थापाले अपांगता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनका लागि सरकार र मानव अधिकारकर्मीले विशेष...
अपाङ्गता कार्डका नाममा भएको दुरुपयोग तत्काल रोक्नपर्छ : सांसद पदम परियार [भिडिओ]
नेपालमा पछिल्लो २०७८ को जनगणनाले ६ लाख ४७ हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु छन् । कुल जनसंख्याको २.२ प्रतिशत हुन आउँछ । अपाङ्गता समुदायले हाल उपलब्ध जनसंख्यालाई मान्न सकेका छैनन् । सामान्यतय नेपालजस्तो विकासउन्मुख देशमा सबै जनसंख्याको १० प्रतिशतभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु छन् भन्ने विश्वास गरिन्छ । तर, विभिन्न...
निर्वाचनअघि गरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छु : मेयर डंगोल
काठमाडौँ, १८ मंसिर । कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख कृष्णमान डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मंगलबार कीर्तिपुर नगरपालिकाको सभाहलमा कांग्रेसका मेयर डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहणपछि उहाँले आफूले निर्वाचनअघि मत माग्दै गर्दा जनतासामु गरेको प्रतिवद्धताहरु पूरा गर्ने विश्वास दिलाउनुभयो । उहाँले...
सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक बन्यो : मन्त्री गुरुङ
काठमाडौँ, १८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित ‘डिजिटल सुरक्षाका लागि सहयोगी दृष्टिकोण’नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको...
उपनिर्वाचनलाई आगामी बाटो र दृष्टिकोण स्पष्ट गर्ने अवसरको रुपमा लिएका छौँ : प्रचण्ड
काठमाडौँ, १८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह उपनिर्वाचन २०८१ मा पार्टीलाई अमूल्य मतदान दिने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदै निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, जनमत निर्माणमा योगदान गर्ने जनसमुदाय, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा...
जनकपुरको लगातार दोस्रो जित
काठमाडौँ, १७ मंसिर । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हराएको हो । जितका लागि १४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका...
सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
काठमाडौँ, १७ मंसिर । ऊर्जामन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभएको छ । जलविद्युत् उत्पादनका अवरोध र लक्ष्यको बारेमा जानकारी दिँदै मन्त्री खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएको हो । मन्त्री खड्काले भन्नुभयो,‘जलविद्युत उत्पादनका अवरोध र लक्ष्यहरु के हुन भनेर...