Author: Admin

प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का
TNV News Update

प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का

काठमाडौँ, १९ मंसिर । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयमा तयार प्राधिकरणको कार्यकक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कार्यभार सम्हाल्नुभएको छ । मंगलबार अबेर तयार भएको कार्यकक्षको मन्त्री खड्काले बुधबार कार्यभार सम्हाल्नुभएको हो । प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री रहने प्रावधान छ । यसअघि रत्नपार्कस्थित प्राधिकरण मुख्यालयमा अध्यक्षको कार्यकक्ष...
अपाङ्गताजस्तो संवेदनशील विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न सकेको छैन : सभामुख घिमिरे
TNV News Update

अपाङ्गताजस्तो संवेदनशील विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न सकेको छैन : सभामुख घिमिरे

काठमाडौँ, १९ मंसिर । सभामुख देवराज घिमिरेले अपाङ्गताजस्तो संवेदनशील विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न नसकेको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित अपाङ्गता भएका युवाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संविधानले भेदभावरहित कानुन बनाउने कुराको ग्यारेन्टी गरेसँगै कानुनहरु निर्माण भएता पनि कार्यान्वयनमा भने फितलो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानले भेदभावरहित...
कर्णाली याक्समाथि काठमाडौँ गुर्खाजको रोमाञ्चक जित
TNV News Update

कर्णाली याक्समाथि काठमाडौँ गुर्खाजको रोमाञ्चक जित

काठमाडौँ, १० मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णालीमाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । एनपिएलमा काठमाडौँको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो...
नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश
TNV News Update

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, १९ मंंसिर । नेपाल समाजवादी पार्टी निकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उहाँलाई खाँदा लगाएर पार्टी प्रवेश गराउनुभएको हो । शर्मालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले...
कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य
TNV News Update

कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कर्णाली याक्सले २० ओभरको खेलमा ५ विकेट गुमाएर १५० रनको लक्ष्य दिएको हो । टस जितेपछि गुर्खाजले बलिङ् राजेपछि कर्णालीले पहिले ब्याटिङ गरेको हो । कर्णालीका लागि शिखर...
राष्ट्रपति पौडेल अस्पताल भर्ना
TNV News Update

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ । बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उहाँ अस्पताल भर्ना हुनुभएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।
एनपिएलमा आज पनि दुई खेल हुँदै
TNV News Update

एनपिएलमा आज पनि दुई खेल हुँदै

काठमाडौँ, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई पनि खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुने छ । खेल बिहान ९ बजे सुरु हुने छ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौँ गोर्खाजका कप्तानमा...
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे अष्ट्रेलियाका अलराउन्डर विलियम
TNV News Update

कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे अष्ट्रेलियाका अलराउन्डर विलियम

काठमाडौँ, १९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सबाट खेल्न अष्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेत ले स्वागत गरेका थिए । ३१ वर्षीय विलियमले...
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
TNV News Update

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच मंगलबार दिउँसो चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषमया छलफल भएको प्रधानमन्त्री ओलीको...