पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना घाइते
काठमाडौँ, २२ पुस । पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको हो । सोही आगलागीमा परेर पीपलटारीस्थित...
एक सय २० मुसहर मजदुरलाई भारतमा चरम श्रम शोषण, ८ महिना बन्धक
अर्जुन थपलिया सिरहा, २२ पुस । गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का १२० जना दलित मुसहर समुदायका मजदुरहरुलाई भारतको श्रीनगरमा ८ महिना बन्धक बनाएर काम लगाएर ज्याला नदिइ घर फर्काइएको पाइएको छ । श्रीनगर पुर्याएर १२० जना नेपाली मुसहर समूदायका मजदुरलाई बन्धक मात्र बनाइएन, एक छाक मात्र खान...
सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी
काठमाडौँ, २२ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७औँ वार्षिक साधरण सभामा बोल्नुहुँदै उहाँले अब सहकारी चाहिँदैन भन्नेहरुलाई चुनौती दिनका लागि कृषिमा...
‘एक जोर जुत्ता’ कथामा बन्यो लघुचलचित्र
काठमाडौँ, २२ पुस । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहनुभएको छ । आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण...
कूटनीतिक नियोगहरु नहुँदा अफ्रिकामा नेपालीहरुले दुःख पाइरहेका छन् : हिक्मत थापा [भिडिओ]
हिक्मत थापा विगत दुई दशकदेखि अफ्रिकाको नाइजेरियामा बसेर व्यवसाय गर्दै आइरहनुभएको छ । लेखक एवम् साहित्यकार साथै सामाजिक अभियन्ताको समेत परिचय बनाउनुभएका थापा गैरआवासीय नेपाली संघ (एनआरएन)लाई अफ्रिका महादेशमा विस्तार गर्न, समस्या परेका नेपालीको उद्धार गर्न, नेपालको पर्यटन प्रवर्द्धन गर्न साथै प्रत्यक्ष वैदेशिक लगानी स्वदेश भित्र्याउने काममा समेत सक्रिय हुनुहुन्छ...
हात्तीको उपद्रो : १२ भन्दा बढी घरमा क्षति
रौतहट, २२ पुस । रौतहटको दुई पालिकाको विभिन्न स्थानमा रहेको बस्तीमा १२ भन्दा बढी घर हात्तीले भत्काइदिएको छ । जङ्गली हातीको बथानले करिब दुई साताअघि चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ४ घर भत्काएको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ७ र वडा नम्बर २ को जुडिबेलामा...
अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड
सिरहा, २१ पुस । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ । आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानका लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् । बा २ झ ३६४३ नम्बरको स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले आफैँले स्वीकार गरेकी छिन्...
मानव सेवाभन्दा ठुलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल
काठमाडौँ, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठुलो अरु कुनै धर्म नभएको बताउनुभएको छ । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताउनुभयो । मानवता र नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको...
नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको पानी पुग्छ : मन्त्री यादव
काठमाडौँ, २१ पुस । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइपलाइनहरु बिच्छाइएका ठाउँहरुमा चाँडै मेलम्चीको शुद्ध पानी वितरण गरिने बताउनुभएको छ । आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै मन्त्री यादवले काठमाडौँका अधिकांश ठाउँहरुमा खानेपानीका नयाँ पाइपलाइन बिच्छाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाँडै नै ती लाइनहरुबाट मेलम्चीको...