विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरहरुको हब बनाउनुपर्छ : कुलमान घिसिङ
काठमाडौँ, २१ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इन्जिनियरहरुका लागि विद्युत् प्राधिकरणलाई हब बनाउने बताउनुभएको छ । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव भएको भन्दै हालसम्म इन्टर्नसिपका विद्ययार्थीहरुले प्राधिकरण चलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो टेस्टिङ ट्रासफरहरु...
माओवादी केन्द्रले भन्यो- अध्यादेश ल्याउनका लागि सरकारले संसद् अधिवेशन बोलाएन
काठमाडौँ, २१ पुस । नेकपा (माओवादी केन्द्र)ले अध्यादेश ल्याउनका लागि सरकारले संसद् अधिवेशन नबोलाएको आरोप लगाएको छ । धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आजदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को बैठकपश्चात पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष सापकोटाले सरकारले संसद् अधिवेशन नबोलाउनु रहस्यमय भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘कुनै वर्ष मंसिर २८ संसद् अधिवेशन...
पोखरामा सहकारी पीडित नभइ रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरे : अजयबाबु शिवाकोटी
काठमाडौँ, २१ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी पीडितलाई महामन्त्री गगन थापाले भेट नदिएको भन्ने हल्ला निराधार भएको बताउनुभएको छ । उहाँले सहकारी पीडितको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले घुसपैठ र हुलहुज्जत गरेको समेत बताउनुभयो । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा पुग्नुभएका महामन्त्री थापाले सहकारी...
ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठुलो अभाव छ : मन्त्री खड्का
काठमाडौँ, २१ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठुलो अभाव देखिएको बताउनुभएको छ । आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले ऊर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको भए पनि जनशक्तिको ठुलो अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ऊर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको छ ।...
विकासको मोडल बदल्नैपर्छ : मुख्यमन्त्री कँडेल
सुर्खेत, २१ पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताउनुभएको छ । भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुलाई भवन संहितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभावी विकासको मोडल बदल्न नसकिए विपत्तिको चपेटा मुक्त हुन नसकिएको बताउनुभयो । मुख्यमन्त्री कँडेलले...
निजामती विधेयकभित्र ट्रेड युनियनको विषय सामान्य हो : महेश बर्तौला
काठमाडौँ, २१ पुस । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठुलो विषय नभएको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले यति सानो विषयलाई ठुलो बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास ट्रेड युनियनका नेताहरुबाट भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘संघीय निजामती...
खेलकुदका गतिविधिबाट जनता सन्तुष्ट छन् तर मेरो आत्मा खुसी छैन : खेलकुदमन्त्री चौधरी
तेजुलाल चौधरी हाल संघीय सरकारको युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ बाट विजयी हुनुभएका उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेको साढे पाँच महिना हुँदै छ । वितेको पाँच महिना खेलकुद क्षेत्रमा महत्त्वपूर्ण गतिविधिहरु भएका छन् । केही नियुक्ति र निर्णयका कारण खेल क्षेत्र विवादरहित हुन सकेको...
मन्थलीको दिसापिसाब मानवबस्ती नजिकै छाड्दा दुर्गन्ध फैलियो
रामेछाप, २१ पुस । रामेछापको सदरमुकाम मन्थली बजारको ढलको दिसापिसाब मानव बस्तीनजिक खुला छाड्दा स्थानीयलाई समस्या भएको छ । मन्थली बजारको ढल व्यवस्थापनका लागि बनाइएको प्लान्ट बिग्रिँदा प्लान्टमा गएको दिसापिसाब खुला रुपमा नै बस्तीको छेउमा बगेको कारण दुर्गन्ध फैलिएको स्थानीयले गुनासो गरेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको बजेटबाट...
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र चाहिएको छ : प्रचण्ड
काठमाडौँ, २० पुस । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘विगत लामो समयदेखि...