केरा खेतीतर्फ आर्कषित रौतहटका कृषक
रौतहट, २३ पुस । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैँडाटारलाई केरा उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । यहाँका कृषकले धान, मकै, गहुँ, तोरी, मुसुरो, जस्ता अन्नबालीको छाडेर केरा खेती गर्न थालेका छन् । केरा खेतीबाट मनग्य आम्दानी हुने भएपछि यहाँ कृषकले अन्नबाली लगाउन छाडेका हुन् । केरा खेतीको सम्भावता,...
संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली
काठमाडौँ, २३ पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरुलाई संविधान संशोधनमार्फत् गर्ने प्रयास भइरहेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित संविधान संशोधनमाथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीका बीचमा भएको ठुलो अन्तरले मुलुकमा समस्याहरु आइरहेको बताउनुभयो ।...
पोखरा मोटो–इन्डुरो क्रस च्याम्पियनसिपका नाममा ठगी, दुई जना पक्राउ
पोखरा, २३ पुस । पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित बाम्दीमा सञ्चालित ‘पोखरा मोटो–इन्डुरो क्रस च्याम्पियनसिप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा राइडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गएको वर्ष चैत २३ र...
माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना
काठमाडौँ, २२ पुस । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले आफ्नो धर्ना तोड्नुभएको छ । नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहनुभएका चापागाईंले सोमबार शिक्षामन्त्री विद्या भट्टराईको भेटपछि धर्ना तोड्नुभएको हो । शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य...
भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ, २२ पुस । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन सहरी व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ । आज कार्यकक्षमा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीहरुसँग भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाण पत्र जारी, निर्णायकहरुबाट हुने भवन नक्सा स्वीकृतिको प्रक्रियाका...
नेपालको उत्पादन विश्व बजारमा पुर्याउनुपर्छ : मन्त्री भण्डारी
काठमाडौँ, २२ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा पुर्याउनुपर्ने बताउनुभएको छ । सोमबार नेपाल निर्यात परिषद्को २७औँ वार्षिक साधारण सभा तथा ८औँ निर्यात दिवसको समुद्घाटन समारोह सत्रमा बोल्नुहुँदै मन्त्री भण्डारीले विश्व बजारमा नेपालको उत्पादनको उपस्थिति अत्यन्त दयनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मूलतः यतिखेर...
राज्य व्यवस्था समिति बैठकमा ‘भनाभन’, शुक्लाफाँटामा भारतीय हस्तक्षेप रोक्न माग
काठमाडौँ, २२ पुस । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । समितिको बैठकमा समितिकै सदस्य थानी बोल्दै गर्दा सभापति खतिवडाले रोक्न खोजेपछि चर्काचर्की परेको हो । ‘सभापति कति बोल्नुहुन्छ ? म बोल्दिनँ तपाईं बोल्नुस्,’ सभापतिले छोट्याउन...
माओवादी केन्द्रीय समिति बैठक : दोस्रो दिन ८० जनाले राखे धारणा
काठमाडौँ, २२ पुस । नेकपा (माओवादी केन्द्र) को आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिनको छलफल सकिएको छ । सोमबार केन्द्रीय समितिको छैटौँ बैठकमा ८० जनाले बोल्दै समय सकिएको हो । जसमा १८० जनाले बोल्नका लागि नाम टिपाएका थिए । बैठक मंगलबार बिहान ११ बजेसम्मा लागि स्थगित भएको छ ।...
नक्कली इन्सपेक्टर बनी ठगी गर्ने २ जना पक्राउ
काठमाडौँ, २२ पुस । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरी, कडक नगरपालिका वडा नम्बर १० घर भएका ३८ वर्षीय सुदीप थापा र काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्दै आएका ४४ वर्षीय किशोर कुमार रहेका...