देशका विभिन्न स्थानमा भीषण वर्षा: पनौतीमा बाढीले महिला बेपत्ता
काठमाडौं। देशका विभिन्न भागमा सोमबार भीषण वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलाञ्चोक, गुल्मी, स्याङ्जा लगायतका जिल्लामा उल्लेखनीय मात्रामा वर्षा मापन गरिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार गुल्मीमा ५६.४ मिमी, स्याङ्जामा ५३ मिमी, र काभ्रेपलाञ्चोकमा केवल ६ घण्टाको अवधिमा ३९.६ मिमी वर्षा भएको मापन गरिएको छ। अचानक...
संघीय संसद्का दुवै सदनको बैठक आज, विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल हुने
काठमाडौं । संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठकको सम्भावित कार्यसूचीअनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) छलफल सुरु हुने कार्यक्रम रहेको छ। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजेका लागि निर्धारण...
महिला टी–२० विश्वकप एसिया छनोट: नेपाल आज हङकङसँग निर्णायक भिडन्तमा
काठमाडौं । थाइल्याण्डको बैंककमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग निर्णायक खेल खेल्दैछ। समूह ‘सी’ अन्तर्गतको यो महत्त्वपूर्ण प्रतिस्पर्धा टेरथाई क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार बिहान १२:३५ बजे सुरु हुनेछ। प्रतियोगिता डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको छ। नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण टस समेत...
इस्तानबुलमा सम्भावित जेलेन्स्की–पुटिन वार्ता : युद्ध अन्त्यतर्फ आशाजनक संकेत
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक पहलले नयाँ गति लिएको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि सहमति जनाएका छन्। टर्कीको इस्तानबुलमा आउँदो बिहीबार दुवै नेताबीच ऐतिहासिक भेटवार्ता हुने सम्भावना छ। जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत आफू पुटिनलाई इस्तानबुलमा पर्खिरहेको हुने बताएका छन्। उनले लेखेका छन्,...
अमेरिका–चीन व्यापार सम्झौता : तनावपछिको विश्वासको नयाँ अध्याय
काठमाडौं । दुई आर्थिक महाशक्ति—अमेरिका र चीनबीच लामो समयदेखि चल्दै आएको व्यापार तनाव अन्त्यतर्फ उन्मुख हुँदै नयाँ व्यापार सम्झौता सम्पन्न भएको छ। स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न दुईदिने वार्तापछि दुवै पक्ष ऐतिहासिक सहमतिमा पुगेका हुन्। अमेरिकी सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले सम्झौतापछि खुसी व्यक्त गर्दै यसलाई “ऐतिहासिक उपलब्धि” को रूपमा उल्लेख गरेका...
२५६९औं बुद्ध जयन्ती : शान्ति, करुणा र अहिंसाको संदेशसहित देशभर श्रद्धाभावले मनाइँदै
काठमाडौं । आज २५६९औं बुद्ध जयन्ती देशभर श्रद्धा, भक्तिभाव र उत्सवमय वातावरणमा मनाइँदैछ। शान्ति, करुणा र अहिंसाको अमूल्य सन्देश दिने यस पावन अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। विशेष रूपमा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा यस वर्ष बुद्ध जयन्ती विशेष कार्यक्रमसहित भव्य रूपमा आयोजना गरिएको छ। लुम्बिनी विकास कोषको संयोजनमा...
बुद्धका शिक्षाले जीवनमा उज्यालो छाओस् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९औं बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै नेपालीको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने कामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै गौतम बुद्धलाई अहिंसाको उज्यालो प्रकाश र मानवता तथा करुणाको अमूल्य उपहारका रूपमा स्मरण गरेका...
बुद्धको ज्ञान र आदर्श विश्वका लागि प्रेरणा बनेको छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन्। बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाली भूमिमा जन्मनुभएका बुद्धका ज्ञान र आदर्शले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट समृद्धि...
बुद्धका शिक्षाबाट शान्ति र सहिष्णुताको बाटो अँगाल्न राष्ट्रपति पौडेलको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीलाई गौतमबुद्धका कालजयी शिक्षालाई आत्मसात् गर्न आग्रह गरेका छन्। उनले बुद्धको मार्गदर्शन अनुसरण गर्दै सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्नेमा जोड दिएका छन्। २५६९औं बुद्ध जयन्तीको शुभअवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बुद्धको जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीको गौरवको...