देशका विभिन्न स्थानमा भीषण वर्षा: पनौतीमा बाढीले महिला बेपत्ता

काठमाडौं। देशका विभिन्न भागमा सोमबार भीषण वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलाञ्चोक, गुल्मी, स्याङ्जा लगायतका जिल्लामा उल्लेखनीय मात्रामा वर्षा मापन गरिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार गुल्मीमा ५६.४ मिमी, स्याङ्जामा ५३ मिमी, र काभ्रेपलाञ्चोकमा केवल ६ घण्टाको अवधिमा ३९.६ मिमी वर्षा भएको मापन गरिएको छ। अचानक आएको अविरल वर्षाले काभ्रे जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याएको छ। पनौती नगरपालिका–५ की २८ वर्षीया रेनुका गिरी बाढीले बगाउँदा बेपत्ता भएकी छन्। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले खोजी कार्य जारी राखेका छन्। पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीका अनुसार बाढीले वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० मा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी असोज १२ गतेको बाढीबाट प्रभावित भई अस्थायी रूपमा मर्मत गरिएका खानेपानी पाइपलाइन र सडकहरू पुनः बगाएको छ। यद्यपि, दिनभरको वर्षापछि साँझपख पनौती क्षेत्रमा मौसम खुल्न थालेको प्रमुख भण्डारीले जानकारी दिए। यसैबीच, मौसम पूर्वानुमान महाशाखाले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी भूभागमा पनि सोमबार मध्यमदेखि...

काठमाडौं। देशका विभिन्न भागमा सोमबार भीषण वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलाञ्चोक, गुल्मी, स्याङ्जा लगायतका जिल्लामा उल्लेखनीय मात्रामा वर्षा मापन गरिएको हो।

मौसमविद् रोजन लामिछानेका अनुसार गुल्मीमा ५६.४ मिमी, स्याङ्जामा ५३ मिमी, र काभ्रेपलाञ्चोकमा केवल ६ घण्टाको अवधिमा ३९.६ मिमी वर्षा भएको मापन गरिएको छ।

अचानक आएको अविरल वर्षाले काभ्रे जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याएको छ। पनौती नगरपालिका–५ की २८ वर्षीया रेनुका गिरी बाढीले बगाउँदा बेपत्ता भएकी छन्। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले खोजी कार्य जारी राखेका छन्।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीका अनुसार बाढीले वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० मा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी असोज १२ गतेको बाढीबाट प्रभावित भई अस्थायी रूपमा मर्मत गरिएका खानेपानी पाइपलाइन र सडकहरू पुनः बगाएको छ।

यद्यपि, दिनभरको वर्षापछि साँझपख पनौती क्षेत्रमा मौसम खुल्न थालेको प्रमुख भण्डारीले जानकारी दिए।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी भूभागमा पनि सोमबार मध्यमदेखि भारी वर्षा भएको जनाएको छ। मौसमविद्हरूले आगामी दिनहरूमा पनि देशका विभिन्न भागमा वर्षा जारी रहने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *