कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेल : सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔँ
काठमाडौँ, १० मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गर्नुभयो ।...
कीर्तिपुरमा घरदैलो गर्दै धरानका मेयर हर्क साम्पाङ
काठमाडौँ, १० मंसिर । धरानका मेयर हर्क साम्पाङ कीर्तिपुर प्रमुख पदका उम्मेदवार राजमान मानवलाई सघाउन घरदैलो कार्यक्रममा सामेल हुनुभएको छ । सोमबार मेयर साम्पाङ कीर्तिपुरमा पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गर्नुभएको हो । घरदैलोको क्रममा उनले राजमान मानव कीर्तिपुरको विकासका लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनको लागि आफू आएको...
स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ : युवराज खड्का [भिडिओ]
काठमाडौँ, १० मंसिर । सरकारले युवाका क्षेत्रमा काम गर्न केही प्रयासहरु गरेको देखिन्छ । संघीय संरचना बनेपछि स्थानीय युवा परिषद् स्थापना र गठनको नयाँ अभ्यास गरिरहेको छ । २०७२ सालमा सरकारले राष्ट्रिय युवा नीति अख्तियार गरिसकेपछि ०७२ सालको युवा नीतिमा टेकेर युवा मामिलाको संरचना स्थापित गरिएको छ । सोही अनुरुप...
बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : देउवा
काठमाडौँ, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बिआरआईमार्फत् अनुदानमा सहयोग लिइने बताउनुभएको छ । प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम आउनुभएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बिआरआईमार्फत् ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्याउनुभयो । ‘बिआरआई परियोजनामा हामी प्रष्ट...
प्रधानमन्त्री ओलीद्वारा एनपिएलको ट्रफी सार्वजनिक
काठमाडौँ, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपिएलको ट्रफी सार्वजनिक गर्नुभएको हो । काठमाडौँको सुन्धारास्थित धरहरा परिसरमा एक समारोहकाबीच ट्रफी सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस...
प्रहरी विधयेक मन्त्रिपरिषद्मा पेस
काठमाडौँ, ९ मंसिर । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि...
नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक
काठमाडौँ, ९ मंसिर । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको छ । आइतबार एक विशेष समारोहकाबीच कबड्डी लिगको लोगो सार्वजनिक गरिएको हो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले रिमोट थिचेर लोगो उद्घाटन गर्नभएको हो । यस ट्रफीलाई “युनिटी ट्रफी“नाम दिइएको छ । यो ट्रफी नेपालकै समृद्ध विविधता र...
उपनिर्वाचनका दिन सवारी चलाएमा २५ हजार जरिबाना
काठमाडौँ, ९ मंसिर । मंसिर १६ गते हुने उपनिर्वाचनका क्रममा निर्वाचन कानुनविपरीतका कार्यमा सवारी साधन प्रयोग नगर्न वा नगराउन आयोगले सम्बन्धित सबैलाई सचेत गराएको छ । मतदानको दिन अनुमति बिनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिबाना हुने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन (कसुर तथा सजाय) ऐन,...
कर्णाली याक्समा ओमानका अनुभवी खेलाडी मक्सुद अनुबन्ध
काठमाडौँ, ९ मंसिर । हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ । आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)का लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो । बाँया हाते ब्याटर मक्सुद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौँ खेलाडी हुन् ।...