प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्न आवश्यक : देउवा

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले धेरै साथीहरुको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उहाँले यो व्यवस्था ल्याउन लडेकाहरुको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘धेरै साथीहरुको त्याग, तपस्या र बलिदानले आएको यो समावेशी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र छ । यो व्यवस्था ल्याउन लडेकाहरुको भावनाहरुलाई अझ अगाडि बढाउनु छ । यसका लागि हामी सबै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’ यसको साथै उहाँले वर्तमान संविधान सम्पूर्ण नेपालीहरु अटाउने खालको भएको भन्दै यसमा केही कमि कमजोरी भए भोलिका दिनमा सुधार गर्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी, संविधान र देश नै समावेशी छ । नेपाल जुन नयाँ संविधान बनेको छ । यसमा सम्पूर्ण नेपालीहरु अटाउने खालको छ । यसमा केही कमि कमजोरी रहेछ भने भोलीका दिनमा सुधार गर्दै...

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले धेरै साथीहरुको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताउनुभएको छ ।

बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उहाँले यो व्यवस्था ल्याउन लडेकाहरुको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘धेरै साथीहरुको त्याग, तपस्या र बलिदानले आएको यो समावेशी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र छ । यो व्यवस्था ल्याउन लडेकाहरुको भावनाहरुलाई अझ अगाडि बढाउनु छ । यसका लागि हामी सबै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’

यसको साथै उहाँले वर्तमान संविधान सम्पूर्ण नेपालीहरु अटाउने खालको भएको भन्दै यसमा केही कमि कमजोरी भए भोलिका दिनमा सुधार गर्दै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी, संविधान र देश नै समावेशी छ । नेपाल जुन नयाँ संविधान बनेको छ । यसमा सम्पूर्ण नेपालीहरु अटाउने खालको छ । यसमा केही कमि कमजोरी रहेछ भने भोलीका दिनमा सुधार गर्दै जानु पर्छ । त्यसैले यो हाम्रो संविधान लचिलो र संशोधन हुन सक्ने संविधान हो ।’

सोही क्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले ०७ सालको क्रान्तिले सुरु गरेको सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण र मुलुकको उन्नतिको राष्ट्रिय अभियान खण्डित भएको भन्दै आज समस्याहरुको बीचमा देशलाई फेरि सही दिशामा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको राजनीतिमा पछिल्लो समय जो छौँ सबैले अघिल्लो पुस्ताले गरेको योगदानलाई हृदयमा राखेर त्यो अनुभवलाई लिएर आफूलाई दिक्षित गरेर आगामी दिनमा काङ्ग्रेस, समाज र देशको लागि आफूलाई तयार गर्नुपर्छ । ०७ सालको क्रान्तिले सुरु गरेको जुन राष्ट्रिय अभियान थियो, सामाजिक रुपान्तरणको, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको त्यो खण्डित भएपछि आज समस्याहरुको बीचमा देशलाई फेरि सही दिशामा ल्याउने प्रयास भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *