चित्रकला, संगीत र साहित्यिक कार्यक्रमबाट बालबालिकाको चौतर्फी विकासमा सहयोग हुन्छ : प्रमुख शाह

काठमाडौँ, ७ फागुन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले उनीहरुको चौतर्फी विकासमा योगदान पुग्ने बताउनुभएको छ । सबै बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुने त्यो क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका विधाहरु महत्त्वपूर्ण हुने भन्दै उहाँले बाल सिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन् ।’ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पिएल सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै उहाँले खुला स्थानमा हुने चित्रकला क्रियाकलापको प्रसङ्गमा भन्नुभयो,‘यो प्रतियोगिता नभइ प्रदर्शनी जस्तो हो । यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ । सबैले समान प्राप्तिको महसुस गर्छन् ।’ कार्यक्रममा महानगरपालिकाका पहिलो प्रमुख पिएल सिंहको व्यक्तित्वमा कुरा गर्दै प्रमुख शाहले स्वर्गीय सिंहलाई स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा स्मरण गर्नुभयो । सिर्जना कलेज अफ...

काठमाडौँ, ७ फागुन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले उनीहरुको चौतर्फी विकासमा योगदान पुग्ने बताउनुभएको छ ।

सबै बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुने त्यो क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका विधाहरु महत्त्वपूर्ण हुने भन्दै उहाँले बाल सिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन् ।’

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पिएल सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै उहाँले खुला स्थानमा हुने चित्रकला क्रियाकलापको प्रसङ्गमा भन्नुभयो,‘यो प्रतियोगिता नभइ प्रदर्शनी जस्तो हो । यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ । सबैले समान प्राप्तिको महसुस गर्छन् ।’

कार्यक्रममा महानगरपालिकाका पहिलो प्रमुख पिएल सिंहको व्यक्तित्वमा कुरा गर्दै प्रमुख शाहले स्वर्गीय सिंहलाई स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा स्मरण गर्नुभयो ।

सिर्जना कलेज अफ फाइन आर्ट्सको प्राविधिक सहयोगमा आयोजना गरेको चित्रकलाबाट बालबालिकामा सांस्कृतिक र सिर्जनात्मक चेतना बढाउन आयोजना गरिएको वडाध्यक्ष योगेश खड्गीले धारणा राख्नुभयो ।

उहाँले भन्नुभयाखे,‘प्राकृतिक र सांस्कृतिक अवस्थितिको अनुभूति गराउँदै सिर्जना प्रस्फुटन गराउने हाम्रो चाहना हो ।’

वडा सदस्य सृष्टि तुलाधरले आगामी योजना सुनाउँदै यस पटक प्राप्त नतिजा र सिकाइका आधारमा आगामी दिनमा यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु (समूह क) लाई क्रेयन अन ड्रइङ् पेपर, कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरु (समूह ख) लाई अक्रिलिक कलर अन पेपर र कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरु (समूह ग) लाई अक्रिलिक अन क्यान्भास बोर्ड गरी ३ समूहमा विभाजन गरेर चित्र कोर्न दिइएको थियो ।

प्रतियोगिताका विजेतामध्ये समूह ‘क’ बाट ३ जनालाई जनही ३ हजार रुपैयाँसहित प्रमाण पत्र, समूह ‘ख’ बाट ३ जनालाई जनही ५ हजार रुपैयाँसहित प्रमाण पत्र र समूह ‘ग’ बाट ३ जनालाई जनही ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *