देश विकासमा सबै लाग्नुपर्छ : राजेश हमाल
TNV News Update

देश विकासमा सबै लाग्नुपर्छ : राजेश हमाल

झापा, २७ पुस । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठुलो भूमिका नागरिकले नै राख्ने बताउनुभयो । “हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको...
आजदेखि अर्घाखाँची महोत्सव
TNV News Update

आजदेखि अर्घाखाँची महोत्सव

अर्घाखाँची, २७ पुस । अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरू भएको छ । अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको आज भव्य कार्यक्रम, पञ्चेबाजा र विभिन्न झाँकीसहित सुरु भएको हो । स्थानीय उत्पादनलाई...
चुनाव आउँछ जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा
TNV News Update

चुनाव आउँछ जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा

काठमाडौँ, २७ पुस । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्त्वपूर्ण भएको बताउनुभएको छ । काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दति र संविधान...
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
TNV News Update

देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्

काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी नेतृत्वमाथि कडा प्रश्न उठाउनुभएको छ । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिका नेताहरूले कार्यकर्ताको भूमिकालाई अवमूल्यन गरेको आरोप लगाउनुभयो । टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै उहाँले...
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छु : शेखर कोइराला
TNV News Update

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छु : शेखर कोइराला

काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताउनुभएको छ । कांगेसको विशेष महाधिवेशन पक्षधरद्धारा आह्वान गरिएको विशेष महाधिवेशनको उद्घाटन भइरहेको सन्दर्भमा उहाँले आज भिडिओ सन्देश जारी गर्दै आफू पार्टीगत रुपमा कुनै व्यक्तिगत स्वार्थमा नअल्झिएको स्पष्ट पार्नुभयो ।...
घतानको वडा कार्यालय जोड्ने सडक कालोपत्र
TNV News Update

घतानको वडा कार्यालय जोड्ने सडक कालोपत्र

म्याग्दी, २७ पुस । बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्र भएको छ । पक्की सडक निर्माण भएपछि यात्राअवधि छोटिनुका साथै जीर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनामार्फत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्र भएको हो...
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
TNV News Update

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

सिन्धुपाल्चोक, २७ पुस । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको छ । करिब २०० रोपनी क्षेत्रमा...
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
TNV News Update

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

काठमाडौँ, २७ पुस । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दै छ । सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कुल चार स्थान काठमाडौँ, चितवन, विराटनगर...
प्रकृतिबाट समृद्धिको खोजी
TNV News Update

प्रकृतिबाट समृद्धिको खोजी

इन्द्राकुमारी केसी कैलाली, २७ पुस । कैलालीको लम्की बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ लाग्ने हो भने चुरे पहाडको फेदमा एउटा मनमोहक दृश्य देखिन्छ, आमपानी झरना । मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना, केही वर्षअघि ओझेलमा जस्तै थियो, तर कोरोना महामारीको समयमा मानिस एकान्त र प्रकृतिको साथ खोज्न...