देश विकासमा सबै लाग्नुपर्छ : राजेश हमाल

झापा, २७ पुस । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठुलो भूमिका नागरिकले नै राख्ने बताउनुभयो । “हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उहाँले भन्नुभयो, “अहिले सबैभन्दा ठुलो शक्ति कसैसँग छ भने त्यो जनतासँग हो ।” देशमा केही भएन सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको भागिदार जनता पनि हुने अभिनेता हमालको भनाइ थियो । देशलाई समृद्धिको मार्गमा दोर्‍याउने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ चनाखो हुन उहाँले आग्रह गर्नुभयो । इष्टर्न सहाराजस्ता कम्पनीको लगानीबाट मुलुक समृद्ध हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्ता लगानीले मुलुकमा रोजगार, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासमा मदत पुग्छ ।” इष्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स–साना पुँजीलाई एकीकृत गरेर दिगो समृद्धिका हरित ऊर्जामा लगानी गर्ने उद्देश्य कम्पनीले...

देश विकासमा सबै लाग्नुपर्छ : राजेश हमाल

झापा, २७ पुस । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठुलो भूमिका नागरिकले नै राख्ने बताउनुभयो ।

“हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उहाँले भन्नुभयो, “अहिले सबैभन्दा ठुलो शक्ति कसैसँग छ भने त्यो जनतासँग हो ।”

देशमा केही भएन सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको भागिदार जनता पनि हुने अभिनेता हमालको भनाइ थियो । देशलाई समृद्धिको मार्गमा दोर्‍याउने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ चनाखो हुन उहाँले आग्रह गर्नुभयो ।

इष्टर्न सहाराजस्ता कम्पनीको लगानीबाट मुलुक समृद्ध हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्ता लगानीले मुलुकमा रोजगार, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासमा मदत पुग्छ ।”

इष्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स–साना पुँजीलाई एकीकृत गरेर दिगो समृद्धिका हरित ऊर्जामा लगानी गर्ने उद्देश्य कम्पनीले लिएको बताउनुभयो । कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, प्रविधि, पूर्वाधारलगायतका क्षेत्रमा क्रमशः लगानी गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो ।

कम्पनीका प्रबन्धक कृष्ण रानाभाटले कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रूपैयाँ, जारी पुँजी एक अर्ब ३७ करोड ५० लाख रूपैयाँ र चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ रहेको जानकारी दिनुभयो । कार्यक्रममा साहस ऊर्जाका कम्पनी सचिव दिनेश रोक्का, कम्पनीकी सञ्चालक कल्पना विक, कम्पनीका सेयर सदस्य एकराज गिरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *