मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या
राम थापा गण्डकी, २७ पुस । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ । मापदण्डविपरीतका घर, विद्युत्का खम्बा र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा सडक विस्तार तथा स्तरोन्नति कार्य प्रभावित भएको सडक आयोजना कार्यालयले जनाएको छ । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरले पोखरा...
कलेजो रोगसँग सम्बन्धित ९९ प्रतिशत उपचार नेपालमै सम्भव छ : डा.विकास जैशी [भिडिओ]
प्रमिला कार्की काठमाडौँ, २७ पुस । कलेजो शरीरको सबैभन्दा ठुलो आन्तरिक अङ्ग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ । तर, पछिल्लो समय अस्वस्थकर जीवनशैली...
कांग्रेस विशेष महाधिवेशन पक्षधर भन्छन्– पार्टी फुटाउँदैनौँ, रुपान्तरण गर्छौँ
आकाङ्क्षा धामी काठमाडौँ, २७ पुस । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन आइतबार र सोमबार (२७ र २८ गते) काठमाडौँमा हुँदै छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट समूहको पहलमा आयोजना हुन लागेको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशन हुनुपर्ने...
काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २७ पुस । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उहाँ मख्ख हुनुहुन्छ । सापकोटा भन्नुहुन्छ, “गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ...
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
दाङ, २७ पुस । थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो । “यो हाम्रो...
आँखारोग विशेषज्ञ डा.सविना श्रेष्ठको एकल कला प्रदर्शन
काठमाडौँ, २६ पुस । वरिष्ठ आँखारोग विशेषज्ञ डा.सविना श्रेष्ठ ‘विजुच्छे’ को एकल कला प्रदर्शन सुरू भएको छ । डा श्रेष्ठले आफ्नो प्राध्यापन र चिकित्सा पेसाका अलावा विगत एक दशकदेखि सिर्जना गरेका १२५ कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको वरिष्ठ चित्रकार हरिप्रसाद शर्माले शुभारम्भ गर्नुभयो...
कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की
काठमाडौँ, २६ पुस । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दान बहादुर कार्कीले कठिन परिस्थिति र ठुलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज यहाँ आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले...
मृत भेटिएका तीनमध्ये एक जनाको सनाखत
तनहुँ, २६ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन् । आज बिहान शुक्लागण्डकी–५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला परेको हो । मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने दुईको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको...
रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार
काठमाडौँ, २६ पुस । कृषि तथा पशुपन्छीमन्त्री डा.मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिने बताउनुभएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय रेशम सम्मेलनमा उहाँले सीप तथा उद्यम विकासमा युवाको संलग्नता, आयत प्रतिस्थापन, निर्यात प्रवर्द्धन...