गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै
नवलपुर, ४ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नरायणी...
पाल्पामा चुनावी चहलपहल
पाल्पा, ३ माघ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले युवा पुस्ता...
काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै
धुलिखेल, ३ माघ । आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् । गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि, थोपा सिँचाइ र छहारीको व्यवस्थापनमा सघाएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । गाउँपालिकाको सहयोगमा वडा नम्बर ५ को चौडिक...
काङ्ग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ : सभापति थापा
काठमाडौँ, ३ माघ । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताउनुभएको छ । नेपाली काङ्ग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताउनुभएको...
छतबाट खसेर वृद्धाको मृत्यु
बाजुरा, ३ माघ । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । शुक्रबार साँझ उहाँ आफ्नै घरको छतबाट खस्नुभएको हो । छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला...
बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज
म्याग्दी, ३ माघ । प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ । शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा...
गुलशन झालाई एसजीको एकवर्षे प्रायोजन
काठमाडौँ, ३ माघ । क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एसजीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ । राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो । विल्लोले शुक्रबार राजधानीमा पत्रकार...
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
नारायण अधिकारी चितवन, ३ माघ । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उहाँलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्यायो । यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका...
दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
खोटाङ, ३ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको दिक्तेल बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा, उम्मेदवारी दर्ता, निर्वाचन आचारसंहिता कार्यान्वयन तथा समग्र निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन शुक्रबार जिल्ला अदालत खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।...