देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने
काठमाडौँ, ७ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ...
अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता
झापा, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताउनुभयो ।...
भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी
काठमाडौँ, ६ माघ । नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनका...
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
काठमाडौँ, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवम् रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी...
काङ्ग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता [उम्मेदवारको सूचीसहित]
काठमाडौँ, ६ माघ । नेपाली काङ्ग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । विघटित प्रतिनिधिसभाको...
अध्यक्ष साम्पाङद्वारा मनोनयन दर्ता
धरान, ६ माघ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुखसमेत रहनुभएका उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बरमा पुगेर मनोनय दर्ता गराउनुभएको हो । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार अध्यक्ष राईले धरान उपमहानगरपालिका–८ स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन...
लामिछानेविरुद्धको मुद्दामा निर्णयको सक्कलप्रति झिकाउन आदेश
काठमाडौँ, ६ माघ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा संशोधनविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयको सक्कलप्रति झिकाउन आदेश गरेको छ । न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले आज लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा महान्यायाधिवक्ता कार्यालयले संशोधन...
इलाम २ मा चुनावी रौनक : सुहाङ र भेषराज मुख्य प्रतिस्पर्धी
इलाम, ६ माघ । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङ र नेपाली काङ्ग्रेसबाट भेषराज आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । आचार्य २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि...
अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा
काठमाडौँ, ६ माघ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उहाँहरु उम्मेदवार बन्नुभएको हो । हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ,...