काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ, ३ माघ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको...
सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
मध्यबिन्दु, ३ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नम्बरको पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको ग प्र ०४–००१ प ९१०६ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई...
पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति
पर्वत, ३ माघ । पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको परीक्षण गर्दा ७३ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । नेपाल नेत्रज्योति सङघ, हिमालय आँखा अस्पतालद्वारा लायन्स क्लब अफ हिमालय, कुश्मा र लायन्स क्लब अफ पर्वत अल्पेश्वरसँगका सहकार्यमा गत हप्ता यहाँ दुईदिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको...
सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा
काठमाडौँ, ३ माघ । नेपाली काङ्ग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनुभएको छ । विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित हुनुभएका शर्माले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई आधिकारिता दिने निर्णय गरेसँगै भिडिओ सन्देश जारी गर्दै छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताउनुभयो । नेपाली काङ्ग्रेस...
बैङ्क लुटपाटमा संलग्न सात जना पक्राउ
सिन्धुली, २ माघ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैङ्कको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस २९ गते साँझ ७ः३० बजे...
गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता
काठमाडौँ, २ माघ । निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ । हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि...
नेपाल एसबिआई बैङ्क लुटपाट आरोपमा सात जना पक्राउ, धरधनीनै मुख्य योजनाकार
सिन्धुली, २ माघ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैङ्क लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैङ्क लुटपाटमा संलग्न भएको आरोपमा सात जनाको विवरण जिल्ला प्रहरीले सार्वजनिक गरेको छ । गत पुस २९ गते राति बैङ्क लुटपाट गरिएको थियो । बैङ्कको शाखा राखिएको घरका धनी स्याङ्तानको मुख्य योजनामा...
जिम्मेवार सरकार चाहिएको हो, आश्वासन होइन
सन्तोषी रावल यतिबेला नेपालमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका कारण सबैजसो राजनीतिक दलहरू उथलपुथलको अवस्थामा पुगेका छन् । यही परिस्थितिमा दलहरू पार्टी एकता, आन्तरिक शक्ति सन्तुलन र महाधिवेशनतर्फ केन्द्रित भएका छन् । फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सरकार आफ्नो हातमा पार्ने होडबाजी तीव्र बन्दै गएको छ । एकातिर जनता...
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन : कार्यवाहक सभापति खड्का
ललितपुर, २ माघ । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई निर्वाचन आयोगले वैधता नदिने विश्वास व्यक्त गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले पार्टीको अनुशासनभन्दा बाहिर गइ भएको विशेष भेलाको निर्णय निर्वाचन आयोगमा पेस गरिएको भन्ने जानकारी...