सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन : तारा लोचन न्यौपाने [भिडिओ]
सबिता नयाँजू काठमाडौँ, ९ माघ । शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक सरस्वती पूजा, अर्थात् श्री पञ्चमी मनाइँदै छ । ज्ञान, विद्या, कला, सङ्गीत र सिर्जनाकी देवी सरस्वतीको पूजा वैदिक सनातन परम्पराअनुसार विशेष महत्त्वका साथ गरिन्छ । ‘ब्रह्मवैवर्त पुराण’ मा उल्लेख भएअनुसार विद्या, शब्द, कला र विज्ञानकी देवी सरस्वतीको पूजा श्रीकृष्णको...
काठमाडौँ ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु : नानु बास्तोला [भिडिओ]
काठमाडौँ, ९ माघ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ९ मा नेपाली काङ्ग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानु बास्तोलाले आफू सधैँ जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले सत्तामा भए या नभए पनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सधैँ सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद्...
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौँ, ९ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने...
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
काठमाडौँ, ९ माघ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम् परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ...
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
खोटाङ, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । प्रतिनिधिसभामा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको एक हजार २८२ जना निर्वाचन प्रहरी कोटामा भर्ना गर्नका लागि आवेदन आह्वान गरिएकामा एक हजार १७३ जना...
जाँचबुझ आयोगको समय २० दिन थप
काठमाडौँ, ८ माघ । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय...
मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा
दीपक बोहरा दाङ, ८ माघ । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्न थालिएको छ । तीन विदेशी नागरिकले पहिले नै अनुसन्धानसमेत गरिसकेको अवस्थामा विश्वमै चर्चामा रहेको सोही क्षेत्रलाई पर्यटकीय हिसाबले पनि अगाडि बढाउन सकिने भन्दै त्यसको इतिहास खोज्न थालिएको हो । धेरै वर्षअघि...
राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति
काठमाडौँ, ८ माघ । संविधानविद् तथा राजनीतिक विश्लेषक डा.भीमार्जुन आचार्यले राष्ट्रिय झन्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । पछिल्लो समय राष्ट्रिय झन्डा ओढेर आन्दोलन गर्ने, झन्डाकै आवरणमा देशविरोधी गतिविधि गर्ने तथा झन्डा प्रयोग गरेर मत माग्ने जस्ता कार्यहरू बढ्दै गएको भन्दै उहाँले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभएको हो...
एपिएफ विजयी
काठमाडौँ, ८ माघ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ । च्यासल रङ्गशालामा आज सम्पन्न खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि ४–१ को सहज जित निकाल्यो । एपिएफको जितमा युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले समान एक–एक गोल गरे । यता...