मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
मुस्ताङ, ८ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् । यसअघि...
मन्त्रालयका काम परिणामुखी बनाउन सञ्चार सचिवको निर्देशन
काठमाडौँ, ७ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताउनुभएको छ । आज मन्त्रालयमा पदवहालीका क्रममा उहाँले सेवा प्रवाहलाई नागरिकमैत्री, चुस्त र प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । “यो मन्त्रालय मेरा लागि नितान्त नयाँ...
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : दाहाल
रुकुम पूर्व, ७ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल रुकुम पूर्वले आज रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जातजाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि...
विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन
काठमाडौँ, ७ माघ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, सङ्घर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उहाँको नियात्रा तथा स्मृति सङ्ग्रह ‘घाटगाउँ’ मङ्गलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गर्नुभयो...
नेपाली चलचित्र ‘आ’बाट आमा’ को ट्रेलर सार्वजनिक
काठमाडौँ, ७ माघ । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ’बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार एक विशेष समारोहकाबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा अभिनेत्री विपना थापालाई अभिनेता पल शाहको आमाको भूमिकामा देख्न सकिन्छ भने बुबाको भूमिका भारतीय वरिष्ठ कलाकार प्रदीप...
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
काठमाडौँ, ७ माघ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिनुभयो । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताउनुभयो...
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
काठमाडौँ, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।...
प्रतिनिधि सभा निर्वाचन : कर्णालीमा १२ सिटका लागि १३८ जना प्रतिस्पर्धामा
सुर्खेत, ७ माघ । कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १४ स्वतन्त्रसहित विभिन्न राजनितिक दलका १३८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा ३० र सबैभन्दा कम मुगुमा सात जनाको उम्मेदवारी परेको छ । दुई निर्वाचन क्षेत्र...
तोलामा दश हजार चार सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, ७ माघ । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० रूपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रूपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार...