एपिएफ विजयी

काठमाडौँ, ८ माघ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ । च्यासल रङ्गशालामा आज सम्पन्न खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि ४–१ को सहज जित निकाल्यो । एपिएफको जितमा युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले समान एक–एक गोल गरे । यता चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए । आजै सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले काँक्रेविहार क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ । एनआरटीका लागि तिमोथी चिमेरी ओकेरेकेले गोल गरे भने अर्को गोल रनदीप पौडेलले गरे ।

एपिएफ विजयी

काठमाडौँ, ८ माघ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ ।

च्यासल रङ्गशालामा आज सम्पन्न खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि ४–१ को सहज जित निकाल्यो । एपिएफको जितमा युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले समान एक–एक गोल गरे । यता चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए ।

आजै सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले काँक्रेविहार क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ ।

एनआरटीका लागि तिमोथी चिमेरी ओकेरेकेले गोल गरे भने अर्को गोल रनदीप पौडेलले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *