सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
तेह्रथुम १५ चैत । जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत...
अवरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालन
काभ्रेपलाञ्चोक, १५ चैत । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ । शुक्रबारदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत...
प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट
काठमाडौँ, १५ चैत । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थित हुनुहुन्थ्यो । कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ ।
सामाजिक सञ्जाल ह्याकसँगै विद्युतीय माध्यममार्फत ठगीका घट्ना बढेका छन् : दीपक अवस्थी [भिडिओ]
काठमाडौँ, १५ चैत । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल ह्याक हुने घटनामा उल्लेख्य वृद्धि देखिएको छ । यससँगै अनलाइनमार्फत हुने ठगीका घटना पनि बढ्दो क्रममा रहेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार यी घटनाहरूको मूल कारण प्रविधिको दुरुपयोगभन्दा बढी प्रयोगकर्ताकै असावधानी र साइबर सुरक्षाबारेको न्यून ज्ञान रहेको पाइएको छ...
चार पटक म्याथ थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न
चितवन, १५ चैत । चितवनस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरू गरिएको जानकारी दिनुभयो । निर्माणको छ वर्षपछि भवन सम्पन्न भएको हो । निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम...
कालीगण्डकीमा ‘र्याफ्टिङ’ सञ्चालन
म्याग्दी, १५ चैत । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्याफ्टिङ’ सुरू गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा ‘र्याफ्टिङ’ सुरू गरेका हुन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका...
सारङ्गीको धुनमा गुजारा
तनहुँ, १५ चैत । बुटवल बसोबास गर्दै आउनुभएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती हुनुभएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्नुहुन्छ । परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताउनुभएको छ । वर्षौँदेखि उहाँहरूको दिनचर्या नै...
पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
काठमाडौँ, १५ चैत । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । खड्कालाई त्यसकै आधारमा अनुसन्धानका गर्ने नियन्त्रणमा लिइएको हो...
पर्यटकको रोजाइमा रास ताल
धरान, १५ चैत । सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर, तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो...