Category: TNV News Update

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
TNV News Update

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

इनरुवा, १६ चैत । सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । प्र१–०२–०४८प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा पछाडि सवार विपीन गम्भीर...
एआईले विकास र नवप्रवर्तनको नयाँ युग सुरू गर्दैछ : डा.दाहाल
TNV News Update

एआईले विकास र नवप्रवर्तनको नयाँ युग सुरू गर्दैछ : डा.दाहाल

काठमाडौँ, १६ चैत । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभाव विश्वव्यापी रूपमा विस्तार भइरहेको छ । एआईको बुहआयामिक प्रयोगबाट वैश्विक रूपान्तरणको युग सुरू भइसकेको जानकारहरू बताउँछन् । एआईको विस्तारसँगै यसको उपयोग र प्रभावबारे चासो बढिरहेका बेला सूचना प्रविधि र एआईको क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनमा काम गर्दै आउनुभएका...
निहारीकाको उपन्यास ‘राजमाता’ सार्वजनिक
TNV News Update

निहारीकाको उपन्यास ‘राजमाता’ सार्वजनिक

काठमाडौँ, १६ चैत । उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ । फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आइतबार नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो । संस्कृतिविद् प्राडा वीणा पौडेलले उहाँको उपन्यासमाथि समीक्षा गर्नुभएको थियो । उहाँका अनुसार साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेका...
अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
TNV News Update

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौँ, १५ चैत । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उहाँलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो । उक्त रिटमा भोलि सुनुवाइ हुने...
बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
TNV News Update

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौँ, १५ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घन्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसहित बसेको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिनुभएको हो । यो...
नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
TNV News Update

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौँ, १५ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवम् नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । आइतबार पेरिसडाँडामा बसेको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको नेकपाका नेता रमेश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको आज संसदीय दलको पहिलो...
अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
TNV News Update

ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ, १५ चैत । जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज पाँच दिन म्याद थपको अनुमति दिएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “प्रस्तुत मुद्दामा...
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
TNV News Update

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

खाँदबारी, १५ चैत । सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । उत्तर दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–४ छोङराङमा पहिरो खस्दा खाँदबारी किमाथाङ्का सडकखण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक...
युरोपको कडा आप्रवासन मोड
TNV News Update

युरोपको कडा आप्रवासन मोड

ब्रसेल्स, १५ चैत (रासस/एपी) । युरोपेली सङ्घ (इयू)ले आप्रवासन नियन्त्रणलाई अझ कडा बनाउने दिशामा निर्णायक मोड लिँदै निगरानी, पक्राउ र निर्वासनको दायरा विस्तार गरिरहेको छ । यसलाई कतिपयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकालीन रणनीतिसँग तुलना गर्न थालेका छन् । सत्ताइस राष्ट्रहरूको यो समूहले आप्रवासीहरूलाई युरोप प्रवेश गर्नुअघि नै रोक्ने, तेस्रो देशहरू-विशेषगरी...