थापाथलीको सुकुमबासी बस्ती खाली गरियो
काठमाडौँ, १२ वैशाख । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठुला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौँ महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि...
भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति पौडेल
काठमाडौँ, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । दसौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम...
पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते
दमौली, ११ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । तनहुँका...
वास्तविक सुकुमबासीको व्यवस्थापन हुन्छ : प्रधानमन्त्री शाह
काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका वास्तविक सुकुमबासीहरूको यथार्थ पहिचान गरेर उनीहरूलाई यथाशक्य जग्गा वितरण गरी स्थायी व्यवस्थापन गरिने बताउनुभएको छ । केहीबेरअघि आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुमबासी समस्याको स्थायी समाधान खोजेर उनीहरूको बसोबासको व्यवस्थापनका लागि सरकारले काम गरिरहेको पनि स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री शाहले...
एमाले प्रमुख सचेतकमा महर
काठमाडौँ, ११ वैशाख । प्रतिनिधिसभामा नेकपा (एमाले)को प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागु हुने गरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो । महर...
लागुऔषधविरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’ : २७ जना पक्राउ
तनहुँ, ११ वैशाख । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ । बिहीबारदेखि आजसम्म सञ्चालन गरिएको उक्त अप्रेसनबाट लागुऔषध ओसारपसार तथा प्रयोगमा संलग्न २७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।...
लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन
काठमाडौँ, ११ वैशाख । नेपालको इतिहासमा विसं. २०६२/६३ को जनआन्दोलन एउटा यस्तो मोड थियो, जसले शताब्दीऔँ पुरानो राजतन्त्रलाई विस्थापित गरेर लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । त्यो १९ दिने आन्दोलनको राप र तापमा देशभरका युवाहरू सडकमा ओर्लिएका थिए । तिनै युवाहरूमध्येको एक प्रभावशाली नाम हो सानुबाबु महर्जन । तत्कालीन समयमा नेपाल...
तनहुँ बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते [अपडेट]
दमौली, ११ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाइ...
गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा
मधु शाही यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ । जवाफ आयो, “उ त्यहाँनिर ।” मैले पत्ता लगाउन सकिन र फेरि सोधेँ । अर्को पटक मुखैमा नहेरी उहाँले फेरि उ क्या त्यहीँनिरै भन्नुभयो । मैले दोस्रो पटक पनि देखिन । तेस्रोपटक सोध्दा ती अस्पतालका कर्मचारीले झर्किँदै भने, “ओ...