लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
भरत केसी लुम्बिनी, ११ वैशाख । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः घट्दो अवस्थामा पुगेको छ । तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा भने चैते धानखेती विस्तार भए पनि सन्तोषजनक छैन । तराईका जिल्लामा धानखेतीको विकल्पमा हिउँदे मकैखेती लगाउने, केही जिल्लामा चिनी मिल सञ्चालनमा आएपछि किसान नगदे बालीको...
ओलीसँगै १४ वर्ष जेल बसेका डा.भारद्वाज भन्छन्- पाँच वर्षभित्रै अर्को ‘विद्रोह’ नहोस्
काठमाडौँ, ११ वैशाख । झापा बुधबारेका डा.नारद भारद्वाज झापा आन्दोलनका अगुवा हुनुहुन्छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै करिब १४ वर्ष जेल जीवन बिताएका भारद्वाज ‘झापा विद्रोह’का क्रममा सबैभन्दा कान्छा आन्दोलनकारी हुनुहुन्थ्यो । आन्दोलनमा सहभागि भएका कारण १८ वर्षकै उमेरमा उहाँलाई २०३० सालमा तत्कालीन सरकारले पक्राउ गरेको थियो । झापा...
किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
प्रकाश सिलवाल नुवाकोट, ११ वैशाखः । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दै छ । पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सुलभ मूल्यमा प्राविधिक शिक्षालय सञ्चालन गरेपछि पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी प्राविधिक शिक्षा लिन किस्पाङ पुगेका छन् ।...
दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा
काठमाडौँ, ११ वैशाख । बितेका २४ घन्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा सात लाख ६० हजार रूपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठिक नभए पनि सडकमा निकालिएका...
सहज सडकमार्ग नहुँदा ओझेलमा पर्दै ‘चमेरे गुफा’
नारायणी रजौरे दाङ, ११ वैशाख । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटस्थित सिद्द चमेरे गुफासम्म पुग्ने सडकमार्ग सहज नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सकेको छैन । गुफासम्म पुग्ने करिब चार किलोमिटर बाटो कच्ची र साँघुरो हुँदा गुफा ओझेलमा पर्ने जोखिम बढेको हो । कच्ची र साँघुरो सडकका कारण पर्यटक तथा...
चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
भद्रपुर, ११ वैशाख । मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सङ्कटा क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल...
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, ११ वैशाख । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि...
नेप्से परिसूचक १७ अङ्कले घट्यो
काठमाडौँ, १० वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो । विगत चार कारोबार दिनयता शेयर बजारमा लगातार...
बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
रासस/एपी । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठुलो मोडका रूपमा हेरिएको छ । संसद्बाट पारित यस कानुनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ । धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो...