एमाले प्रमुख सचेतकमा महर

काठमाडौँ, ११ वैशाख । प्रतिनिधिसभामा नेकपा (एमाले)को प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागु हुने गरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो । महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित हुनुभएको थियो ।

एमाले प्रमुख सचेतकमा महर

काठमाडौँ, ११ वैशाख । प्रतिनिधिसभामा नेकपा (एमाले)को प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरिएको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागु हुने गरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *