Category: TNV News Update

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति पौडेल
TNV News Update

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । “ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्र्रियामार्फत...
छ लाख भारतीय रूपैयाँसहित दुई जना पक्राउ
TNV News Update

छ लाख भारतीय रूपैयाँसहित दुई जना पक्राउ

नेपालगञ्ज, २६ वैशाख । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० रूपैयाँका नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो...
अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्त्व बढ्दै गएको छ : सभामुख अर्याल
TNV News Update

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्त्व बढ्दै गएको छ : सभामुख अर्याल

काठमाडौँ, २६ वैशाख । सभामुख डोलप्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्त्व झन् बढ्दै गएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको अन्तरराष्ट्रिय सम्बन्धका मुख्य आधारस्तम्भहरूमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्द्धन, आर्थिक कूटनीति र विकास...
अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी
TNV News Update

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ, २६ वैशाख । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरमा परिणत भएको एक साता पुग्न लागेको छ । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुमवासी बस्ती हटाइएपछि यहाँ आश्रय लिइरहेका ८९ परिवारका १९२ जनाको दैनिकी विस्तारै नयाँ लयमा अभ्यस्त बन्दै गएको छ । विसं २०४४ देखि बल्खुको सुकुमवासी बस्तीमा...
पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्सहित हल्का वर्षा
TNV News Update

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्सहित हल्का वर्षा

काठमाडौँ, २६ वैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेस, बागमती र गण्डकी प्रदेशलगायत कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा...
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
TNV News Update

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

म्याग्दी, २६ वैशाख । वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबीच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरविर आवाज । घरपालुवा पशुहरुको घुम्ती गोठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको दोभान मनमोहक र रमणीय छ । करिब २० वर्षअघि बगरका...
समितिलाई ‘प्रतिवेदनको लाइब्रेरी’ होइन, समाधान निकाल्ने संयन्त्र बनाउँछौँ : सभापति अन्सारी
TNV News Update

समितिलाई ‘प्रतिवेदनको लाइब्रेरी’ होइन, समाधान निकाल्ने संयन्त्र बनाउँछौँ : सभापति अन्सारी

काठमाडौँ, २५ वैशाख । प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले समितिको काम गर्ने शैलीलाई विगतभन्दा फरक ढङ्गले अगाडि बढाइने बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विस्तृत कुराकानीमा उहाँले समितिलाई केवल प्रतिवेदन तयार पारेर मन्त्रालयमा थन्क्याउने संरचनाको रूपमा नभइ समस्या समाधान निकाल्ने सक्रिय...
आफ्नै पखेरामा ‘सुन’ फलाउँदैछन् किसान
TNV News Update

आफ्नै पखेरामा ‘सुन’ फलाउँदैछन् किसान

नवीन रिजाल दैलेख, २५ वैशाख । सपनाको खेती गर्न सात समुद्र पार गरेर परदेशको तातो बालुवामा पसिना बगाउन जाने युवाहरूको लर्को लागिरहेका बेला दैलेखको गुराँस गाउँपालिकाका कृषकहरूले भने आफ्नै पाखा–पखेरामा ‘सुन’ फलाएर मुलुकलाई नै नयाँ सन्देश दिएका छन् । कुनै समय बाँझो रहेका, काँडाघारीले भरिएका र केबल घाँस–दाउरामा मात्रै सीमित...
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री पोखरेल
TNV News Update

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताउनुभएको छ । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरुको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी सङ्गठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको...