छ लाख भारतीय रूपैयाँसहित दुई जना पक्राउ

नेपालगञ्ज, २६ वैशाख । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० रूपैयाँका नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित एकलैनीबाट नरैनापुर गाउँपालिका–५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका–४ बस्ने ३८ वर्षी मुनिव खाँलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । त्यसैगरी प्रहरीले नेपालगन्जमा करिब तीन लाख ४६ हजार रूपैयाँ बराबरको भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको छ । नेपालगञ्जको वडा नम्बर ३, १० र १७ बाट प्रहरीले भन्सार छली गरेर ल्याएको चुरोट, पान मसला, पेय पदार्थ र बोइलर कुखुरा ल्याउने युपी ४० एस २०७८, भे२प ७५७८, भे९प ७०६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको...

छ लाख भारतीय रूपैयाँसहित दुई जना पक्राउ

नेपालगञ्ज, २६ वैशाख । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० रूपैयाँका नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित एकलैनीबाट नरैनापुर गाउँपालिका–५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका–४ बस्ने ३८ वर्षी मुनिव खाँलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

त्यसैगरी प्रहरीले नेपालगन्जमा करिब तीन लाख ४६ हजार रूपैयाँ बराबरको भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको छ । नेपालगञ्जको वडा नम्बर ३, १० र १७ बाट प्रहरीले भन्सार छली गरेर ल्याएको चुरोट, पान मसला, पेय पदार्थ र बोइलर कुखुरा ल्याउने युपी ४० एस २०७८, भे२प ७५७८, भे९प ७०६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । बरामद गरिएका सबैसामान भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *