बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या
कञ्चनपुर, २७ वैशाख । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन् । फलफूल किन्छन् र फेरि...
रसुवा भन्सारमा सामान जाँचपास सुरू
ज्ञानेन्द्र न्यौपाने रसुवा, २६ वैशाख । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनःसञ्चालन भएको छ । अनिवार्य रूपमा एमआरपी हास्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँचपास हुन थालेको हो । गत असार २४ गते...
तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो
दार्चुला, २६ वैशाख । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकअन्तर्गत शून्य विन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि शुक्रबारदेखि यातायात सञ्चालनमा ल्याइएको हो । दुम्लिङ गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीय उत्साहित भएका छन् । सडक सञ्चालनसँगै दैनिक...
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश
काठमाडौँ, २६ वैशाख । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकका हकअधिकारको संरक्षण तथा विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको छ । आज ७४औँ कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा...
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा
सुदूरपश्चिम, २६ वैशाख । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताउनुभएको छ । पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उहाँले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा...
विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ, २६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनुभएको छ । कानुन दिवस, २०८३ का अवसरमा आज सर्वोच्च अदालतले यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनुभएको हो । “सुशासन, अमन, शान्ति,...
बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न ‘साइक्लिङ’ : काभ्रेका खरेल प्रथम
बन्दीपुर, २६ वैशाख । बन्दीपुरका ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्दै साइक्लिङ रुटको प्रवर्द्धन गर्ने उद्देश्यले आज यहाँ साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ । बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइक्लिङ महासङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल प्रथम हुनुभएको छ । खरेलले करिब २२ किलोमिटर दुरी...
कानुनले मानिसको भावना र दया चिन्दैन, प्रमाण हेर्छ : सन्तोष कोइराला
मनिषा बस्नेत काठमाडौँ, २६ वैशाख । विसं. २००९ वैशाख २६ गते ‘प्रधान न्यायालय ऐन, २००८’ लागु भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर ७४औँ कानुन दिवस मनाइँदै छ । विधिको शासन र न्यायपालिकाको स्वतन्त्रताको उत्सव मनाइरहँदा, मुलुकको भ्रष्टाचार र आर्थिक अपराध हेर्ने ‘विशेष अदालत’ को प्रभावकारिता भने बहसको घेरामा छ ।...
प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौँ : दुर्गा प्रसाईं
काठमाडौँ, २६ वैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताउनुभएको छ । विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गर्नुभयो । उहाँले दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा पुगेको...