Author: The Nepali Video

मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवार : रोजगारी र प्रविधिका विषय चर्चामा
TNV News Update

मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवार : रोजगारी र प्रविधिका विषय चर्चामा

ध्रुवसागर शर्मा म्याग्दी, २६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली जिल्ला म्याग्दीमा चुनावी सरगर्मी बढ्दै गएको देखिन्छ । बिहानीपख डम्म कुहिरोले ढाकिने गाउँबस्ती दिन छिप्पिँदै जाँदा विस्तारै खुल्दै गएर सफा देखिन थालेसँगै यहाँको चुनावी सरगर्मी पनि तापिलो र रापिलो बन्दै गएको छ...
वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर
TNV News Update

वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज, २६ माघ । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा एक खर्ब १६ अर्ब ५८ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ । तर, यहाँको राजस्व सङ्कलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा...
सिआइको ‘असई’ बनेर ठगी गर्ने महिला पक्राउ
TNV News Update

सिआइको ‘असई’ बनेर ठगी गर्ने महिला पक्राउ

रौतहट, २६ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो । पक्राउ परेकी महतोले नेहा, निशा र...
सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
TNV News Update

सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, २६ माघ । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन । लु प्र ०२००१ प ११०२ नम्बर को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने जनाइएको छ । आज बिहान...
कोइलाखानी बिस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता, शव ल्याउन समस्या
TNV News Update

कोइलाखानी बिस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता, शव ल्याउन समस्या

केदार मगर खोटाङ, २६ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको बिस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते बिस्फोट...
झुट्ठा उद्दार प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा.तिमिल्सिना पक्राउ
TNV News Update

झुट्ठा उद्दार प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा.तिमिल्सिना पक्राउ

काठमाडौँ, २६ माघ । नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा.गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आइतबार तिमिल्सिनालाई पक्राउ गरेको...
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
TNV News Update

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६ माघ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१...
नेपाल इङ्गल्यान्डसँग पराजित
TNV News Update

नेपाल इङ्गल्यान्डसँग पराजित

काठमाडौँ, २५ माघ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्गल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा इङ्गल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुदाँ नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने अवसरबाट...
कलाकर्मीको नजरमा अभिनेता ‘राते काइँला’
TNV News Update

कलाकर्मीको नजरमा अभिनेता ‘राते काइँला’

भेषराज कार्की काठमाडौँ, २५ माघ । कलाकर्मीहरूले ‘राते काइँला’ नामले परिचित अभिनेता सुनिल थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ । शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएका ६८ वर्षीय थापाको दुःखद् निधन भएको थियो । प्रारम्भिक जाँच गरेपछि अस्पतालले उहाँलाई शनिबार...