Author: The Nepali Video

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
TNV News Update

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ, २५ माघ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको अस्थायी बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति गरिएको छ...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
TNV News Update

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

खाँदबारी, २५ माघ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ लोक्छोङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार सिलिचोङ–२ को भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा सिलिचोङ–२ बेतेनी घर भइ भोजपुरको साल्पा सिलिछो–१ काम्लेटारका ५६ वर्षीय प्रेमकुमार राईको घटनास्थलमै मृत्यु भएको छ ।...
नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ
TNV News Update

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

बाँके, २४ माघ । लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले आज उक्त सेवाको शुभारम्भ गर्नुभएको हो । उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो । सो...
निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री अर्याल
TNV News Update

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री अर्याल

नुवाकोट, २४ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताउनुभएको छ । निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “वर्तमान सरकारको प्रमुख दायित्व...
इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प
TNV News Update

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, २४ माघ । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर आज साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत पुुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रबिन्दु...
काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ : सभापति थापा
TNV News Update

काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौँ, २४ माघ । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहनुभएका सर्लाही क्षेत्र नम्बर ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति...
साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई
TNV News Update

साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की, २४ माघ । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै भारत च्याम्पियन बनेको हो । भारतले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा...
सुनिल थापा : पर्दामा कठोर, जीवनमा सरल
TNV News Update

सुनिल थापा : पर्दामा कठोर, जीवनमा सरल

प्रमिला कार्की काठमाडौँ, २४ माघ । नेपाली चलचित्र उद्योग शनिबार शोकमा छ । पर्दामा कठोर अनुहार, गम्भीर दृष्टि र बलियो संवादका कारण दर्शकको मनमा डर र प्रभाव छाड्न सफल वरिष्ठ कलाकार सुनिल थापा अब हामीमाझ छैनन् । उनको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन, कला र सिर्जनाको क्षेत्र नै...
यस पटक काङ्ग्रेसले दुई तिहाइ ल्याउँछ, ०१५ साल दोहोरिन्छ : कबिर राणा
TNV News Update

यस पटक काङ्ग्रेसले दुई तिहाइ ल्याउँछ, ०१५ साल दोहोरिन्छ : कबिर राणा

काठमाडौँ, २४ माघ । करिब चार दशकदेखि नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा रहनुभएका कबिर राणा नेपाली काङ्ग्रेसका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुहुन्छ । आफूलाई मिसन पत्रकारितामा स्थापित गराउनुभएका राणा आफ्नो क्षेत्रको विकास, जनताको कल्याण र सामाजिक न्याय सुनिश्चित गर्न निरन्तर प्रयासरत हुनुहुन्छ । पार्टीको नीति र लोकतान्त्रिक...