बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
मधु शाही काठमाडौँ, ५ चैत । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । बालविवाह गरेर छोरीहरुले भोगेका पीडा उहाँले प्रत्यक्ष देख्नुभएको थियो ।...
दुई सय पाँच गोही नदीमा छाडियो
चितवन, ५ चैत । चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोही छाडिएका हुन् । गत आर्थिक वर्षमा गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही नदीमा छाडिएका थिए । केन्द्रमा हुर्काइएका गोहीमध्ये हालसम्म दुई हजार २८० गोही...
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
जुम्ला, ५ चैत । जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गर्न लागिएको...
निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौँ : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौँ, ५ चैत । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको बताउनुभएको छ । आयोगले आज केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको अघिल्लो...
कोशीका अस्पतालमा रगतको अभाव : सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै
जुनु भट्टराई विराटनगर, ५ चैत । मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो । चिकित्सकले तत्काल रगतको खोजी गर्न भने । सोही अनुसार रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्दा त्यहाँ मौज्दात नभएपछि उहाँ रक्तदाताको खोजीमा भौँतारिनुभयो । “चिकित्सकले तुरुन्तै रगत चाहिन्छ भन्नुभयो, तर रक्तसञ्चार...
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दी, ५ चैत । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् । बेनीमा रहेको एकीकृत सेवा कार्यालयमार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले एक करोड ४० लाख रूपैयाँ बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायब सुब्बा...
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौँ, ५ चैत । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना,...
लोहोरुङ फुटबल क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा
सुनसरी, ५ चैत । लोहोरुङ फुटबल क्लब सङ्खुवासभा सुनसरीको इटहरी उपमहानगरपालिकामा जारी तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण स्व कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जनता बहुमुखी क्याम्पसको खेलमैदानमा बुधबार भएको खेलमा केराबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै लोहोरुङ क्लब फाइनलमा प्रवेश गरेको हो ।...
‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का
काठमाडौँ, ५ चैत । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताउनुभएको छ । उक्त चलचित्रको सावजनिक गीत तथा ‘टिजर’ लाई दर्शकले रुचाउँदै सकारात्मक प्रतिक्रिया दिएपछि पत्रकारसँग कुराकानी गर्दै अभिनेत्री खड्काले चलचित्र निर्माण गर्ने...