दुर्घटनामा परेको हेलिकोप्टरका घाइतेको उद्धार
काठमाडौँ, ४ चैत । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ । आज बिहान काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन–एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११ः५५ बजे असन्तुलित भइ दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।...
लागुऔषधसहित सात जना पक्राउ
झापा, ४ चैत । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो । लागुऔषध कारोबारमा संलग्न भएको...
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यक : अर्थमन्त्री खनाल
काठमाडौँ, ४ चैत । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले ठुला पूर्वाधार...
जग्गा विवादमा आमाको हत्या
कञ्चनपुर, ४ चैत । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो ।...
म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना
म्याग्दी, ४ चैत । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गर्नुभयो । मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर...
नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन
पर्वत, ४ चैत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाख रूपैयाँमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो । रङरोगन,...
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
गुल्मी, ४ चैत । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको तम्घास अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका...
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा : प्राडा ज्ञवाली
काठमाडौँ, २ चैत । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवालीले नयाँ सरकार गठनसँगै आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास जनतामा देखिएको बताउनुभएको छ । हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि झण्डै दुई तिहाई बहुमतको सरकार गठन हुने र त्यसले राजनीतिक स्थिरता कायम भई आर्थिक नीतिमा स्थायीत्व आउने अपेक्षा...
देश, लोकतन्त्र र संविधानका लागि नयाँ जनमत उपयोग हुन सकोस् : पूर्वराष्ट्रपति डा.यादव
काठमाडौँ, ३ चैत । पूर्वराष्ट्रपति डा.रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले जेनजी युवाहरूको आन्दोलन,...