जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : प्रचण्ड
रुपन्देही, २९ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित नेकपा (माओवादी केन्द्र)सँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा...
सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
काठमाडौँ, २९ मंसिर । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुरद्वारा शनिबार कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भीडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताउनुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका...
विद्यार्थी मृदुभाषी, नम्र र मानवतावादी हुनुपर्छ : प्रधानमन्त्री ओली
काभ्रे, २९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताउनुभयो...
खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्छ : सभामुख घिमिरे
काठमाडौँ, २९ मंसिर । सभामुख देवराज घिमिरेले खेल खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरूसम्म बनाउने दिशामा लाग्ने काम सुरु भएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल विद्यालय खेलकुद महासंघको महासभालाई सम्बोधन गर्दै उहाँले खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्ने भन्दै सरकार त्यो दिशामा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेल क्षेत्रबाट राष्ट्रलाई चिनाउनका...
सरकार हरेक कुरामा उत्तरदायी हुनुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ, २९ मंसिर । सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामीले अहिले गरेको प्रयत्न भनेको सरकार रेस्पोन्सिभ हुनपर्यो । के मा रेस्पोन्सिभ हुनुपर्यो भन्दा दुध किसानहरुको...
पोखरामाथि काठमाडौँको फराकिलो जित
काठमाडौँ, २९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौँले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । काठमाडौँका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे । उनले ३४ बलमा ६० रन...
काठमाडौँ महानगरपालिका ७७ वटै जिल्लाबाट आउने नागरिकहरुका लागि राजधानी बन्न सकोस् : मेयर शाह
काठमाडौँ, २९ मंसिर । काठमाडौँ महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौँको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३०औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौँ महानगरपालिकका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौँ महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले...
काठमाडौँमा आज यो वर्षकै बढी चिसो
काठमाडौँ, २९ मंसिर । शनिबार बिहान काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौँको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो । काठमाडौँबाहेक देशैभरि...
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो : प्रधानमन्त्री ओली
काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला– राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहँदै प्रधानमन्त्री ओलीले...