आजको मौसम कस्तो छ ?
काठमाडौँ, २ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा...
सेकाहा सामूदायिक विकास क्लबलाई आठौँ पाङ्मा कपको उपाधि
खाँदबारी, २ पुस । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मामा जारी आठौँ पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि सेकाहा सामूदायिक विकास क्लबले जितेको छ । लोहोरुङ क्लब पाङ्माको आयोजनमा खाँदबारी नगरपालिका–४ पाङ्मास्थित भगिवन्त रङ्गशालामा आठौँ पाङ्मा कप फुटबल प्रतियोगिता मंसिर २७ गतेदेखि सुरु भएको थियो । फाइनल खेलमा सेकाहा सामूदायिक विकास क्लबले शित्तलपाटी...
संसदीय अभ्यासलाई उचाइमा पुर्याउन संसदीय पत्रकारिताको महत्त्वपूर्ण भूमिका : सभामुख घिमिरे
काठमाडौँ, १ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई पारदर्शी ढङ्गले अझ उचाइमा पुर्याउन संसदीय पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । सोमबार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजद्वार आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्नुहुँदै उहाँले संसदीय पत्रकारिताले नै समाजमा संसदीय व्यवस्थाको महत्त्वलाई बुझाउन मद्धत गरेको...
बुद्ध एयरद्वारा राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरू
काठमाडौँ, १ पुस । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रिकालीन उडान सुरु गरेको छ । सोमबार साँझ सञ्चारकर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू–४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौँदेखि राजविराजको दुईतर्फी रात्रि उडान शुभारम्भ भएको हो । बुद्ध एयरले रात्रिकालीन उडान राजविराजबाट सुरु गरेसँगै रात्रिकालीन उडान गर्ने...
नेपाल र चीनबीच राँगाको मासु निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौँ, १ पुस । नेपाल सरकार र चिनियाँ प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्नेसम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सोही क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा...
हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक : मन्त्री गुरुङ
काठमाडौँ, १ पुस । सञ्चार तथा तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रम २०८१ मा बोल्नुहुँदै उहाँले नेपालको आफ्नै कुरियर सेवालाई आधुनिकीकरण गरेर व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपालको आफ्नै कुरियर...
यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई व्यावसायिक ज्ञान तालिम
काठमाडौँ, १ पुस । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले राजनीतिक समावेशितासँगै आर्थिक सशक्तिकरणको अभियान सुरु गरेका छन् । मायाको पहिचान नेपाल र सफल पार्टनर्सको सहकार्यमा आइतबारदेखि समुदायका सदस्य व्यावसायिक ज्ञान लिने कार्यशालामा सहभागी भएका छन् । व्यवसायको आधारभूत ज्ञान र प्रस्तावित व्यवसाय/उद्यममा केन्द्रित कार्यशाला १० देखि १२ हप्तासम्म सञ्चालन हुने...
नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा निर्वाचित
काठमाडौँ, १ पुस । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी हुनुभएको छ । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहनुभएकी शर्मा ४ हजार २८२ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उहाँका...
काठमाडौँका पहिलो मेयर पिएल सिंहको निधन
काठमाडौँ, १ पुस । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौँ नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौँका...