काठमाडौँलाई हराउँदै जनकपुर प्लेअफमा
काठमाडौँ, २७ मंसिर । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार काठमाडौँ गुर्खाजलाई हराउँदै जनकपुरले प्लेअफमा स्थान पक्का गरेको हो । यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ । उसले अझै एक खेल खेल्न बाँकी छ । काठमाडौँले...
सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव
काठमाडौँ, २७ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरुको पद सुरक्षित नरहेको बताउनुभएको छ । बिहीबार खानेपानी, सरसफाइ तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहका मेयरहरुको पद पाँच वर्षसम्मका लागि सुरक्षित भए पनि सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ कुरा केही छैन...
सुपर ओभरमा पोखरा विजयी
काठमाडौँ, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । पोखराले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गर्दै एनपिएलमा दोस्रो जित हासिल गरेको हो । बिहीबार भएको खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको हो । विराटनगर किंग्सले...
कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता
काठमाडौँ, २७ मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताउनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलेसुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौँ, २७ मंसिर । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बिहिबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । यस्तै, बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको...
रोमानिया, युके र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने ३ जना पक्राउ
काठमाडौँ, २६ मंसिर । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका २५ घर भइ काठमाडौँ टोखा नगरपालिका ६ बस्ने ३० वर्षीया मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका १२ घर भइ काठमाडौँ...
नेपालको अर्थतन्त्र दबाबमा छ हामी बाहिर निस्कन खोज्दैछौँ : अर्थमन्त्री पौडेल
काठमाडौँ, २६ मंसिर । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताउनुभएको छ । बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले नेपालको अर्थतन्त्र दबाबमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र अहिले समस्यामा छ र दबाबमा छ । यसलाई कसैले पनि अस्वीकार गर्न सक्दैनौँ । तर, अर्को...
के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?
अश्विन दानी यदि तपाईं पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शीर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’ जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने...
विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड
तेह्रथुम, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिनुभएको छ । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै...