संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा
काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारमा रहेका दुई ठुला राजनीतिक दलहरु कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताउनुभयो...
एमाले अपराधीलाई बचान लाग्दैन : पूर्वमन्त्री पण्डित
काठमाडौँ, ७ पुस । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा (एमाले) अपराधीलाई बचाउन नलाग्ने बताउनुभएको छ । गाउँपालिका तथा नगरपालिकाहरूमा निर्वाचित जनप्रतिनिधिहरूले कानुनको अधिनमा रहेर पदीय जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उहाँले कानुनबाहिर गएर काम गर्ने जो कसैलाई पनि बचाउन पार्टी नलाग्ने बताउनुभयो । नेकपा (एमाले) दोलखा–काठमाडौँ...
‘गोल्डेन टेम्पल’का मुसा घरका भन्दा शक्तिशाली छन् : पुरोहित दीपक बज्राचार्य
काठमाडौँ, ७ पुस । परापूर्व कालमा शाक्यमुनि भगवान बुद्धको मूर्ति ललितपुरको हिरण्यवर्ण महाबिहार ‘गोल्डेन टेम्पल’मा राख्नुअघि यस ठाउँमा तलाउ थियो । यही स्थानमा एक मुसाको बसोबास गर्नेगरेको इतिहास छ । जसलाई हिरण्यिक मुसा भनेर भनियो । भगवान बुद्धले आफूलाई नयाँ विहारभन्दा पनि रत्न चैत्यमा लैजाँदा पुण्य हुने भनी हिरण्यिक मुसा...
देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्त्वपूर्ण : प्रचण्ड
काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास मत्त्वत्वपूर्ण हुने बताउनुभएको छ । गोरखा ताकुकोट सेवा समाज, काठमाडौँको नवौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दै जानु देशका...
दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक
काठमाडौँ, ६ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जित्नुभएको छ । नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डिएलक्स कार उहाँले प्राप्त गर्नुभएको हो । यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक...
संसारमा हार्दिकता भन्ने शब्द नै हराउन लाग्यो : मन्त्री पौडेल
काठमाडौँ, ६ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हरेक मानिसभित्र शान्तिको भावना रहे मात्रै विश्वमा हार्दिकता विकास हुने बताउनुभएको छ । शनिबार प्रथम विश्व ध्यान दिवसको उपलक्ष्यमा राजयोग ध्यान अभ्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले शान्तिको भावना रहे मान्छे मान्छेबीचको सम्बन्ध समझदारीले अगाडि बढ्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘आध्यातमिकताको विकास, विश्वमा...
एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ : दीनबन्धु पोखरेल
काठमाडौँ, ६ पुस । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले २०८२ साल वैशाख २६ गते बद्रिनारायण मन्दिरको प्राण प्रतिष्ठान गर्न लागेको जानकारी दिनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नमुना बद्रिनारायण मन्दिर ‘प्राण प्रतिष्ठान एवम् अनुष्ठान’ को घोषणा सभामा उहाँले नेपाल सरकार पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार २०८२ साल वैशाख...
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली
सुनसरी, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ । नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको...
जनकपुर बोल्ट्सले जित्यो एनपिएलको उपाधि
काठमाडौँ, ६ पुस । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित हात पारेको हो । ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा पहिलो संस्करणको जितसँगै च्याम्पियन जनकपुरले ट्रफीसहित नगद १ करोड १० लाख प्राप्त गरेको छ ।...