इभी गाडी व्यवसायीको गुनासो : ‘खरिद गर्न सजिलो, पाल्न गाह्रो’
सविता नयाँजू काठमाडौँ, ६ पुस । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन (इभी) को प्रयोग बढ्दै गएको छ । सार्वजनिक यातायातका साधनका रुपमा ‘बिजुली बस’, ‘बिजुली माइक्रो’ सडकमा बाक्लै हुँइकिन थालेका छन् । बर्सेनी ठुलो संख्यामा आयात भइरहेको विद्युतीय गाडीको प्रयोग लोकप्रिय बने पनि त्यसको व्यवस्थापनमा थुप्रै समस्याहरु देखिने गरेका...
निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताउनुभएको छ । विश्व ध्यान दिवस २०८१ का अवसरमा शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति...
सुदूरपश्चिम पुगेर शेखरले भने– ‘कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु’
धनगढी, ६ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताउनुभएको छ । सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहनुभएका कोइरालाले सम्बोधन गर्नुहुँदै अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउछु र अबका...
ध्यान मावन जातिको कल्याणका निम्ति सकारात्मक छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो । संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो...
विद्युत् क्षेत्रमा बजेटको अभाव छ : कुलमान घिसिङ
काठमाडौँ, ५ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्युत् क्षेत्रमा बजेटको अभाव भएको बताउनुभएको छ । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्नुहुँदै उहाँले धेरै पूर्वाधारहरु बनाउनुपर्ने भए पनि बजेट अभावका कारण बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग बजेटको अभाव...
देउवासँग कुनै सम्बन्ध बिग्रिएको छैन : डा.कोइराला
धनगढी, ५ पुस । कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताउनुभएको छ । उहाँले सभापति सबैको साझा व्यक्ति भएकाले उहाँसँग दूरी रहने कारण नै नरहेको बताउनुभयो । ३ दिने सुदूरपश्चिम भ्रमणका लागि धनगढी आउनुभएका वरिष्ठ नेता डा.कोइरालाले शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै १५औँ...
कांग्रेसमा बिपीको नाम लिएर उम्किने परिपाटीको विकास भएको छ : महामन्त्री थापा
काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताउनुभएको छ । शुक्रबार कैलाश कोइरालाद्वारा लिखित उपन्यास ‘शास्त्र’को विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले पार्टीभित्र नेताहरुले आफूलाई भन्न मन लागेको कुराहरु बिपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो...
जनकपुर र सुदूरपश्चिम फाइनलका लागि तयार, यस्तो भन्छन् दुवै टोलीका कप्तान
काठमाडौँ, ५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदै छ । शुक्रबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुवै टोलीका कप्तानले फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले...
सवारी साधनको प्रदूषण जाँच अभियान प्रभावकारी भएन, ट्राफिकलाई यन्त्रको अभाव
प्रमिला कार्की काठमाडौँ, ५ पुस । काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै अग्र स्थानको प्रदूषित सहरका रुपमा सूचीकृत भइसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १६२ पुगेको तथ्यांकहरुले देखाउँछ । २०७४ सालदेखि काठमाडौँ उपत्यकाको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग र...