जनकपुरधाममा एक जनाको शव फेला
जनकपुर, ५ पुस । जनकपुरधाममा बिहानै एक जना पुरुषको शव फेला परेको छ । जनकपुरधामको विद्यापति चोकस्थित दुर्गा मन्दिर परिषरभित्रै एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको...
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ
काठमाडौँ, ५ पुस । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ ठेगाना भइ काठमाडौँ टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि...
देशभर २८० बढी सिनेमा हल बन्द, राज्य जिम्मेवार नभएको गुनासो
आंकाक्षा धामी काठमाडौँ, ५ पुस । संसारभर एकाएक फैलिएको कोरोना महामारी संक्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो । चाँहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्र कोभिडका कारण निकै प्रभावित हुन पुग्यो । सिने क्षेत्र तहसनहस अवस्थामा मात्र पुगेन संसारभरका लाखौँले रोजगारी गुमाउन पुगे...
महिला यू–१९ एसिया कपमा नेपाल र बंगलादेश भिड्दै
काठमाडौँ, ५ पुस । महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ । खेल नेपाली समयअनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो । भारतसँग अंक बाँडेको थियो । समूह...
लैङ्गिकताको मुद्दामा पुरुषहरुको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश : उपप्रमुख डंगोल
काठमाडौँ, ५ पुस । काठमाडौँमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश भएको बताउनुभएको छ । मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज उपप्रमुख डंगोलले लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सीप, अनुभव, भोगाइ र सिकाइका...
दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार छ : मन्त्री गुप्ता
काठमाडौँ, ४ पुस । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमाकानुनी व्यवस्थाको आवश्यकता’ विषयक छलफलमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो...
नेपाल लोडसेडिङको खतरामा नै छ : इप्पान अध्यक्ष कार्की [भिडिओ]
सुस्मिता बानिया नेपालमा ऊर्जा क्षेत्रले ठुलो सम्भावना बोकेको भए पनि यसको विकास र आत्मानिर्भरताका लागि आवश्यक कदमहरु उठाउन ढिलाइ भइरहेको छ । यही सन्दर्भमा, नेपाल न्यूज बैंककी सुस्मिता बानियाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीसँग नेपाल विद्युत् उत्पादनको वर्तमान अवस्था तथा भविष्यका सम्भावनाबारे पाँच महत्वपूर्ण प्रश्न गर्नुभएको...
आइजीपीलाई गृहमन्त्री लेखकको निर्देशन- हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नु
काठमाडौँ, ४ पुस । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिनुभएको छ । बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि...
नागरिकताबारे संविधानका धारा नै विभेदपूर्ण लाग्छन् : रेखा शर्मा
काठमाडौँ, ४ पुस । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनका कुराहरु उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताउनुभएको छ । बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्नुहुँदै उहाँले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेताहरुको पितृसतात्मक दृष्टि कस्तो छ...