सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस
पोखरा, १९ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदै छ । आज सुरुमा जाहेरवालाहरुको तर्फबाट बाँकी केही बहस भए उनीहरुले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् । यसअघि मंगलबार...
धनराज र ऋषिकेशलाई सरकारले जोगाइरहेको छ : माओवादी केन्द्र
काठमाडौँ, १८ पुस । नेकपा (माओवादी केन्द्र)ले सरकारले कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा दोषी देखिए पनि संरक्षण गर्ने काम गरेको आरोप लगाएको छ । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छे चाहिँ जोगाउने...
‘भीम रावलका आरोपहरु अत्यन्तै तल्लो स्तरका छन्’
काठमाडौँ, १८ पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले एमाले लक्षित गरेको टीका टिप्पणीहरु अत्यन्त तल्लो स्तरको भएको बताउनुभएको छ । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले नकरात्मकता, विरोध र आवेगले देश बन्ने भए धेरै अगाडि बनिसक्ने भन्दै रावलले एउटा कुन्ठा मात्र व्यक्त गरेको...
रौतहटको एक घरमा सुरुङ बनाएर चोरी
रौतहट, १८ पुस । चोरको समूहले सुरुङ बनाएर रौतहटको एक घरमा चोरी गरेका छन् । फतुवा विजयपुर नगरपालिका वडा नम्बर–६ पेटभर्वाका अच्छेलाल साहको घरमा चोरी भएको हो । बुधबारको राति करिब १२ बजेको समयमा सुरुङ बनाइ घरमा प्रवेश गरेर चोरी गरेको स्थानीय राजकिशोर साहले बताउनुभयो । उहाँका अनुसार पाँचवटा मोबाइल...
शेरा दरबारको जग्गाका विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ : गृहमन्त्री लेखक
काठमाडौँ, १८ पुस । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गासम्बन्धी विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको भन्दै कानुन बमोजिम कारबाही अगाडि बढाउने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘गैर कानुनी ढंगले गएको फिर्ता हुन्छ तपाई सरकारलाई धन्यवाद...
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ, १८ पुस । काठमाडौँ आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रका लोक विजय अधिकारीका अनुसार १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले काठमाडौँ उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रबिन्दु स्थलको ५० किलोमिटर आसपाससम्म धक्का महसुस गराएको थियो ।
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गरिने
काठमाडौँ, १८ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गर्नुभएको छ । विद्यालय नर्स कार्यक्रम लागु भइहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहनेगरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ...
मुकुल ढकालले भने – पार्टीभित्रैकै मान्छेले मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे
काठमाडौँ, १८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको स्मरण गर्नुभएको छ । बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै उहाँले मलाई पार्टीबाट कारबाही गरेर सभापतिमाथि नै प्रहार गरेको बताउनुभयो । उहाँले लेख्नुभएको छ, ‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति...
माओवादी केन्द्रको स्थायी समिति बैठक सर्यो
काठमाडौँ, १८ पुस । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकको समय सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि समय सारिएको हो । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिने छ...