एकैदिन ३२ जना फरार प्रतिवादी पक्राउ
गौर, १८ पुस । रौतहट प्रहरीले एकैदिन ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अपराधिक क्रियाकलाप गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार एकै दिनमा जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा...
अब ऐन र नियमावलीभन्दा अरु कुरालाई हामीले निर्माण गरेर काम नगरौँ : मन्त्री भट्टराई
काठमाडौँ, १७ पुस । शिक्षामन्त्री विद्या भट्टाराईले ऐन र नियमावलीभन्दा अरु कुरालाई निर्माण गरेर काम नगर्न आग्रह गर्नुभएको छ । बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँले ऐन र नियमावलीभन्दा बाहिर जाँदा कामहरुमा राम्रो परिणाम दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ धेरै कुराहरु मैले सुझावको रुपमा लिएको...
कांग्रेसको ठुलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्छ : गगन थापा
हेटौँडा, १७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न जो कोहिलाई पनि पाता कसेर कानुनी कठघरमा उभ्याइनुपर्ने बताउनुभएको छ । ४९औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले गरेको कार्यक्रममा बोल्दै थापाले कानुन सबैलाई बराबर हुने भन्दै कांग्रेसको ठुलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता...
सुनको मूल्य बढ्दा चाँदीको स्थिर
काठमाडौँ, १७ पुस । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै बुधबार चाँदीको मूल्य...
टोपी दिवस : चाडपर्वमा मात्रै माग बढी, व्यापार औसत मात्रै
सुस्मिता बानियाँ काठमाडौँ, १७ पुस । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात् अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँवर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् । तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको...
धोती दिवसलाई नेपाली संस्कृतिको रुपमा ग्रहण गर्नुपर्छ : सिके राउत
काठमाडौँ, १७ पुस । नयाँवर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् । माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातिले मात्र मनाउने भेषभुषा नभएको बताउनुभयो । उहाँले आज...
बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा ३ जना पक्राउ
काठमाडौँ, १७ पुस । १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा लमजुङबाट एकै परिवारका तीन जना पक्राउ परेका छन् । भारत मोतिहारी घोडासान थाना बकुलिया–५, घर भइ बेँसीसहर नगरपालिका–७, सहजी बस्ने ४० वार्षीय सेख सइतुला, उनकी श्रीमती र छोरा समेत तीन जनालाई बेँसीसहर नगरपालिका–७, बस्ने १४ वर्षीया बालिकालाई अपहरण...
नवनियुक्त राजदूतहरूबाट शपथ ग्रहण
काठमाडौँ, १७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो । राजदूतहरू प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल,...
बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
सर्लाही, १७ पुस । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । रौतहटको बडहर्वाबाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिँदा सर्लाहीको छटौना सशस्त्र बेस क्याम्पमा कार्यरत रहेका ४० वर्षीय सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक रविन्द्रबहादुर सिंहका अनुसार काठमाडौँका...